सोलुखुम्बु ख्रीष्टियन समुदाय राष्ट्रिय ख्रीष्टियन महासंघमा विलय

  ।   २०८० चैत्र २५, आईतवार १४:४६

काठमाडौं । नेपाली ख्रिष्टियन समुदायको एक संगठन राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालसँग सोलुखुम्बु ख्रिष्टियन एकता समाजद्वारा आबद्वता लिएको घोषणा गरेका छन् ।

समाजका अध्यक्ष ङवाङ साङगे शेर्पाको सभापतित्व र
महासंघका केन्द्रीय अध्यक्ष सिबि गहतराजको प्रमुख आतिथ्यतामा सो आबद्वता घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।

लामो समयदेखि नेपाली ख्रिष्टियन समुदायको अधिकार र पहिचानको लागि लड्दै आएको महासंघलाई थप शक्तिसाली बनाउन विभिन्न समूहमा रहेको ख्रिष्टियन संघसंस्थाहरुलाई आबद्वता गर्ने क्रममा सोलुखुम्बु ख्रिष्टियन एकता समाजले पनि महासंघमा आबद्वता लिएको घोषणा गरेको छ ।

एकता समाज अध्यक्ष शेर्पाले महासंघले उठाएको मुद्दालाई लामो समयदेखि आफुहरुले नियालिरहेको र सबै ख्रिष्टियन संघसंस्थाहरु एक ठाउमा उभिय मात्र ख्रिष्टियन समुदाय अधिकार सम्पन्न हुने दिशामा अगाडि जाने देखेको कारण आबद्वता लिएको बताउनु भयो ।

उहाले थप भन्नू भयो ‘ कतिपयले महासंघमा आबद्वता लिएर चर्चहरु बेचेर खाना लाग्यो भनेको पनि सुनिए तर जसजसले यस्तो गलत सोच राख्छन् त्यसको सजाय माथि प्रभुले नै दिनेछ, हामी त महासंघले उठाउदै आएको मुद्दा बलियो बनाउन आबद्वता लिएका हौँ ।’

त्यसैगरी महासंघका अध्यक्ष सिबि गहतराजले नेपाली ख्रिष्टियन समुदायको हकहितको लागि लड्दै गर्दा विभिन्न आरोप/प्रत्यारोप खेप्दै आएको तर जस्तोसुकै प्रहारबाट आफु विचलित नभइ निरन्तर लड्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारसँग पटकपटक गरेको तीन बुदे र ६ बुदे सम्झौता कार्यनयन गर्नको लागि पनि सम्पूर्ण नेपाली ख्रिष्टियन समुदाय एक ठाउमा उभिनु पर्ने बताउनु भयो ।

उहाँले थप्नु भयो ‘ म ख्रिष्टियन समुदायलाई बलियो बनाउन लडिरहेको छु, कतिपय महासंघकै साथीहरू मलाई कमजोर बनाउन लडिरहेका छन् । मेरो र उहाँहरुको मिसन नै फरक भएको कारण कोहीपनि भ्रममा नपरी निरन्तर समुदायको पक्षमा अवाज बुलन्द गर्न समेत अपिल गर्दछु ।’

Next Post

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री

२०८० चैत्र २५, आईतवार १४:४६
चितवन, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गर्नुभयो […]