राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया हुने

  ।   २०७७ आश्विन १, बिहीबार ०७:४९

काठमाण्डौ । दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिने भएको छ ।

आईसीयूमा उपचाररत भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेकाले आज बिहान शल्यक्रिया गर्न लागिएको ग्राण्डी अस्पतालले जनाएको छ । शरिर भित्रको चोट सुधार भएको र सबै रिपोर्टहरु राम्रो आएकाले आज बिहान दायाँ हात र खुट्टाको शल्यक्रिया गरिने भएको हो ।

गएको आइतबार कञ्चनपुरको झलारीमा भण्डारी रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो । तत्काल धनगढीको निसर्ग अस्पताल, बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सामान्य उपचारपछि हेलिकोप्टरमार्फत् काठमाण्डौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उज्यालो अनलाइन

Next Post

यो वर्षको मनसुन ढिला गरी बाहिरिने, आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०७७ आश्विन १, बिहीबार ०७:४९
काठमाण्डौ । यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ । मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपाली त्यस्तो कुनै लक्षण नदेखिएको मौसमविद् शान्ती कंडेलले जानकारी दिनुभयो । मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ । मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा […]