काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

  ।   २०७७ भाद्र ३०, मंगलवार ०८:०४

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तीमध्ये १० हजार सङ्क्रमित काठमाण्डौ जिल्लाका मात्रै रहेका छन । काठमाण्डौमा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् ।

यस्तै ललितपुरमा एक हजार एक सय ९१ जनामा तथा भक्तपुरमा एक हजार ३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक लकडाउन खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक चार सय जनाको हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । हिजोमात्र उपत्यकामा पाँच सय १२ जना सङ्क्रमित फेला परेका छन । उज्यालो अनलाइन

Next Post

बाँकेमा ४२ जना संक्रमण मुक्त

२०७७ भाद्र ३०, मंगलवार ०८:०४
नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणमुक्त मंगलबार ४२ जना घर फिर्ता भएका छन् । बाँके जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा कोरोना संक्रमणको उपचार गरिरहेका४२ जना बाँकेबासी कोरोना मुक्त भई डिस्चार्ज भएका हुन । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार १८ जना महिला र २४ जना पुरुष सहित ४२ जनालाई १४ दिनको […]

सम्बन्धित समाचार