अवैध ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

  ।   २०८० मंसिर ११, सोमबार २१:४१

सबिता चन्द

नेपालगन्ज । बाँके प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याइएका एउटा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १० स्थित गणेशमान चोकबाट सोमबार भारतबाट भन्सार छली ल्याइएको ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सामानको मूल्य ८० हजार रुपैयाँ बराबरको रहेको छ ।

बरामद गरिएको सो सामान आवश्यक कारवाहीका लागि सोमबार नै भन्सार कार्यालय नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

चौध बर्षीया बालिका हत्या गर्ने चौहान कारागार चलान

२०८० मंसिर ११, सोमबार २१:४१
नेपालगन्ज । बाँकेमा एक चौध बर्षीया बालिकालाई कर्तव्य गरी ज्यान मारेका एक भारतीय नागरिक कारागार चलान भएका छन् । डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ बर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० बर्षीय महेश चौहानलाई […]