मुस्लिम धर्म गुरु स्व. शाहको अन्तिम संस्कार

  ।   २०८० मंसिर १०, आईतवार ०७:३५

नरैनापुर। मुस्लिम धर्मगुरु एवं शुफि  मुस्ताक अहमद शाहको शनिबार इस्लामिक परम्परा अनुसार अन्त्यष्टि गरीएको छ । नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रशिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा शाहको अन्त्यष्टि गरिएको हो ।

धर्म गुरु एवं शुफि मुस्ताक अहमद शाहलाई पुर्व मन्त्री एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी ‘नमुना’, उत्तर प्रदेश सरकारको बिधायक इन्द्रेणी बर्मा, संविधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकि , जानकी गाउँपालिका अध्यक्ष छब्बन खान, भारतीय समाजवादी पार्टीका नेता दिलशाद पठान, बरिष्ठ पत्रकार सेराज खान, नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा अध्यक्षहरु इसाक जोलाह, मसुद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य , प्रेम मौर्य, लेखा अधिकृत भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, नरैनापुरका प्रेस बिज्ञ आलम खान लगायतले शाहको पार्थिव शरीरमा फुलको गुच्छा लगाएर सम्मान व्यक्त गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिनु भयो ।

शाहको ७८ वर्षको उमेरमा बिहिबार राति ११ बजे भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Next Post

माथेवास विनौना जोड्ने राप्तीनदी पुल उद्घाटन

२०८० मंसिर १०, आईतवार ०७:३५
बाँके । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्तीसोनारी गाउँपालिकाको समस्या समाधानका लागि आफ्नोतहमा पहल गरिने बताउनुभएको छ । राप्तीसोनारी गाउँपालिकाको माथेवास धामपुर जोड्ने ५५४.४५ मिटर लामो राप्तीनदी पुलको शनिवार उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसंख्या र ठूलो भुगोल भएको गाउँपालिका भएपनि विकासको मूलप्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै […]