किबी खेतीमा पाटनका किसानको आकर्षण

  ।   २०७७ भाद्र २८, आईतवार ०७:२३

बैतडी । राम्रो आम्दानी हुन थालेपछि पाटन नगरपालिकाका विभिन्न स्थानका किसान किबी खेतीतर्फ आकर्षित हुन थालेका छन्। अन्य खेतीभन्दा किबी खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानको आकर्षण बढ्दै गएको हो।

पाटन नगरपालिका–१० जजट्टाका पदमराज भट्ट र वडा नम्बर ८ का नरबहादुर विष्टले बारीमा रोपेको किबीमा राम्रो उत्पादन भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । बजारमा किबी फलको माग भएकाले किसानलाई सजिलो भएको अवस्थी बताउँछन्। ‘किबी धेरै वर्षसम्म फल दिने विरुवा हो।

यसबाट किसानहरुलाई जीविकोपार्जनमा सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, ‘एकै बोटमा धेरै फल्ने भएकाले किसानहरुलाई यसले फाइदा पुर्याउँछ।’ अन्न बालीको तुलनामा आम्दानी बढी हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किसानहरु किबी खेतीतर्फ आकर्षित बनेका हुन्। अन्य खेतीभन्दा किबीबाट राम्रो आम्दानी हुने भएपछि आफूले किबी खेती शुरु गरेको किसान पदमराज भट्टले बताउनुभयो ।

आफ्नै लगानीमा किबी खेती शुरु गरेको र अहिले १२ वटा बोटले फल दिएको उहाँको भनाइ छ। किबी खेती विस्तारका लागि सहयोग गर्न नगरपालिकासँग आग्रह समेत गरिएको भट्टले बताउनुभयो। नगरपालिकाका अन्य ठाउँका केही किसानहरुले पनि किबी खेती शुरु गरेका कृषि शाखा प्रमुख अवस्थीले बताउनुभयो। किबी फल प्रतिकिलो ५०० देखि ६०० रुपैयाँमा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।

किबीको फल कात्तिकदेखि मंसिरसम्म टिप्न योग्य हुने गरेको छ। नगरपालिकाले पनि यस वर्ष किबी किसानलाई केही सहयोग गर्ने तयारी गरिरहेको कृषि शाखा प्रमुख अवस्थीले बताउनुभ यो । किबी खेतीतर्फ आकर्षित भएका किसानलाई वडा कार्यालयले पनि सहयोग गर्ने वडाअध्यक्ष देवेन्द्र कुँवरले बताउनुभयो ।

किबीको माग ठूल–ठूला होटलमा बढी माग हुने गरेको छ। यस फलमा भिटामिन सी, इ, के र अन्य खनिज पदार्थ धेरै भएकाले स्वास्थ्यका लागि बहुउपयोगी हरने विज्ञहरू बताउँछन्। थाहाखबर

Next Post

प्रदेश ५ का १ सय जना ब्यक्तिमा आयुर्वेदिक ‘क्लिनिकल ट्रायल’ गरिदै

२०७७ भाद्र २८, आईतवार ०७:२३
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस रोग (कोभिड–१९) को उपचारका लागि आयुर्वेदिक गुणयुक्त जडीबुटीको प्रभावबारे अध्ययन गर्ने भएको छ । उक्त अध्ययन आयुर्वेदिक क्याम्पसका शिक्षक तथा रिसर्च कन्सल्टेन्ट डाक्टर विशुन दयालप्रसाद पटेलको नेतृत्वमा हुनेछ । डाक्टर पटेलका अनुसार औपचारिक रूपमा एक सातापछि प्रदेश ५ मा एक सय जनामा […]