बाँकेमा अवैध सालको चिरान काठ्सहित एक कजा पक्राउ

  ।   २०८० आश्विन २४, बुधबार १४:४९

नेपालगञ्जमा वन कार्यालयको टोलीले बुधवार विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । वन कार्यालयको टोलीले सो मिलमा सालको गोलिया काठ चिर्दै गर्दाको अवस्थामा फेला पारेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ भाटनपूर्वास्थित जय गुरुदेव सःमिलमा छापा मारी अवैध साल जातको चिरान काठसहित एक जनालाई पक्राउ गरिएको नेपालगञ्ज सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नारायण पार्धेले जानकारी दिनुभयो । उक्त सःमिलबाट ३२ थान साल जातको २४.६६ क्यू.फुट अवैध चिरान काठ बरामद भएको सहायक वन अधिकृत पार्धेले बताउनुभयो । काठ सँगसँगै उक्त सःमिलका प्रतिनिधि मकरध्वज पाण्डेलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उक्त सःमिलमा अवैध काठको चिरान र कारोवार भइरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा कागजतपत्र नभएको काँचो अवस्थामा रहेको काठ बरामद भएको पार्धेले बताउनुभयो । “अवैध काठ चिरान भइरहेको छ भन्ने सूचना प्राप्त भयो । मिलमा जाँदा अवैध सालको गोलिया काठ चिरानै गर्दाको अवस्थामा फेला पर्‍यो ।” उहाँले भन्नुभयो ।

बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान गरी कारवाहीका लागि डिभिजन वन कार्यालय बाँके बुझाइएको उहाँले जानकारी दिनुभयो । बाँकेमा पछिल्लो समयमा अवैध काठको ओसारपसार, चोरी तस्करी तथा विक्रीवितरण गर्ने कार्य निरन्तर बढीरहेको छ ।

Next Post

बाँकेमा अवैध सालको चिरान काठसहित एक जना पक्राउ

२०८० आश्विन २४, बुधबार १४:४९
नेपालगञ्जमा वन कार्यालयको टोलीले बुधवार विहान एक सःमिलमा छापा मारी अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । वन कार्यालयको टोलीले सो मिलमा सालको गोलिया काठ चिर्दै गर्दाको अवस्थामा फेला पारेको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ भाटनपूर्वास्थित जय गुरुदेव सःमिलमा छापा मारी अवैध साल जातको […]