अशान्त नेपालगन्ज शान्तिको बाटोमा

  ।   २०८० आश्विन २१, आईतवार ०८:०५

नेपालगन्ज । केही दिनदेखि अशान्त बनेको नेपालगन्ज बिस्तारै शान्त बन्दै आएको छ । प्रशासनले दैनिक रुपमा लगाउदै आएको कर्फ्युलाई बिस्तारै खुकुलो पार्दै समय घटाउदै लगेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार बिहान एक सूचना जारी गर्दै शनिबार राति ८ बजेदेखि नेपालगन्जमा लगाइएको कर्फ्यु आइतबार बिहान ४ बजेदेखि हटाइएको जानकारी गराएको छ ।

प्रशासनले आइतबार राति १० बजेदेखि सोमबार बिहान ४ बजेसम्म नेपालगन्जको पूर्वमा राप्ती नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ ।

त्यसैगरी उल्लेखित क्षेत्रभित्र कुनै भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न पाइने छैन । उक्त क्षेत्रभित्र हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरि दिनभर निषेधाज्ञा जारी गरिएको बाँके प्रशासनले जनाएको छ ।

नेपालगन्जको सुरक्षा अवस्था नियन्त्रणमा आई जनजीवन सामान्य बन्दै आएपछि बाँके प्रशासनले दैनिक रुपमा लगाउदै आएको निषेधाज्ञा र कर्फ्युको समयमा हेरफेर गर्दै क्रमिक रुपले घटाउदै लगेको छ ।

Next Post

परस्पुर-गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु

२०८० आश्विन २१, आईतवार ०८:०५
नेपालगन्ज । निर्माणको ठेक्का पाएर सम्झौता गरेको पनि झण्डै डेढ बर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको परसपुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा २ सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण कार्य सुरु गरिएको छ । ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारका दिनदेखि परसपुर–गौघाट सडक खण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको […]