बाँके । राप्तिसोनारी-७ भगडा (आँखा फुटेको) गाउमा लुटेराले आतंक मच्चाएका छन् । गत राती १०/१२ जनाको समुहमा गाउँ पसेका लुटेराको टोलीले भगडाका २ परिवारका घरमुलीलाई बाधेर २ तोला सुन, ३ किलो चादी, २ लाख ५० हजार नगद रुपैयाँ र २ खसी लुटेराले लुटेका छन् ।
राती आन्दाजी १२ बजे गाउँ पसेका लुटेराले घरका सबैलाई बाहिर निकालेर महिलाहरूलाई बलात्कार गर्न खोज्दा घरमुलीलाई बाधेर मलसमान लुटेर लगेको स्थानीय धनबहादुर लामिछानेले बताउनु भयो । राती नै प्रहरीलाई खबर गरेपनि प्रहरी नपुगेको सुनकुमार घर्तीले बताउनु भयो । लुटेराहरुले के कति चोरे लुटे त्यसको मुचुल्का उठाउँदै गरेको जानकारी बेताहनी प्रहरी चौकीका इन्चार्ज श्यमकुमार कुमालले बताउनु भयो । मुचुल्का उठाएपछि जानकारी गराउछौँ उहाले गुडन्युजलाई भन्नुभयो ।
चोरी गरिसकेपछि लुटेराहरु भागेको स्थानीय घरपरिवारका सदस्यहरुले बताएका छन् । राती नै फत्तेपुर प्रहरी चौकीलाई फोन गर्दा फोन नै उठेन, बेताहनी प्रहरी पनिले वास्ता गरेन अनि चोरले हालिमुहाली गरे धनबहादुरले बताउनु भयो । लुटेराको खोजिकार्य भैरहेको बेताहनी प्रहरीले जनाएको छ । डुडुवाको बेतहानी देखि १२ किलोमीटर टाढा छ । राती खबरगरेको प्रहरीलाई बिहान ७ बजे सो ठाउँमा पुगेको स्थानीयले बताए ।