नरेन्द्रनाथ योगी
नेपाल एक विकासोन्मुख भु–परिवष्टिक देश हो । यो देशको उत्तर दक्षिण आर्थिक र सामारिक रुपले सम्पन्न शक्तिशाली देश चीन र भारत रहेका छन् । नेपालको राजनितिलाई चीन र भारतको राजनितिले प्रभाव पार्दछ किन भने नेपाल भारत र चीनको भु–राजनितिले ठुला असर छ । नेपाल यी दई देशको विचमा रहेको छ ।त्यति मात्रै हाईन ,जन शक्तिका हिसावले चीन नेपाल भन्दा झण्डै करोडौले अगाडि छ । भारत पनि नेपाल भन्दा ६०÷७० करोडले अगाडि छ ।भारत विश्व मै सबै भन्दा ठुलो भुभाग भएको मुलुक हो । नेपाल भारत भन्दा २२ गुणा र चीन भन्दा ६५ गुणाले सानो छ । नेपाल भारत र चीनदेखि अरु नजिक पर्ने मुलुक बंगलादेश हो । यो नेपालदेखी २७ किलोमिटर टाढा रहेको छ । नेपाल समुन्द्रि सतहबाट ११२७ कि. मी.(बंगालको खाडी र हिन्दमहासागर) नेपालको पुर्व,पश्चिम र दक्षिणमा भारतको ५ प्रान्तहरुः सिक्कम,उत्तराञ्चल,उत्तर प्रदेश,विहार, पश्चिम बंगाल पर्दछन भने उत्तर तर्फ चीनको स्वाशाशितक्षेत्र तिबबत पर्द छ ।
नेपालसँग भारतका १६ जिल्लाहरु जोडिएको पाईन्छ । नेपालसँग जोडिएको भारतको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुन,उत्तरप्रदेशको लखनऊ ,विहारको पटना,सिक्कीमको गोन्तक र पश्चिम बंगालको राजधानी कलकक्ता रहेका छन् । यसरी भु–राजनितिक दृष्टिकोणले नेपाल यि दुवै देशको पेचिलो प्रभाव पर्दछ । भु–राजिितक प्रभाव मात्रै होईन, नेपालमा भारत र चीनको आर्थिक र सामाजिक प्रभाव पनि राजनितिीमा परेकै छ । यी दुवै छिमेकी मुलुक आणबिक हतियार वा सामरिक रुपमा पनि विश्वकै चीन चौथो र भारत आठौं स्थानमा पर्दछन् । यि दई शक्ति शाली मुलुकको विचमा नेपाल पर्द छ । यी दुवै देश विकसित मुलुकमा पर्दछन् भने नेपाल विकासन्मुख मुलुकमा पर्दछ । आधुनिकता र आधुनिक उत्पादनमा यि दुवै मुलुक नेपाल भन्दा ८०÷९० गुनाले अगाडि छन । यि दुवैको सहयोग,समर्थन र सहानुभुती विना नेपाल अगाडि बढनै सक्तैन । भारत उत्पादित सामान नेपालमा ८० प्रतिशत आयात हुन्छ । त्यस्तै गरि चीनबाट पनि सामान आयत हुन्छ ।
त्यसैले नेपाल निर्यातमुखी भन्दा आयातमुखी अर्थतन्त्रमा बाँचेका मुलुक हो ।त्यसैले नेपालको पोलटिक्स पनि यी दुवै मुलुकको साहारामा चलेको पाईन्छ । त्यसैले नेपालका शासकहरु जहिले पनि सरकारमा आउने वा सरका बनाउने वित्तिकै उत्तर र दक्षिण भ्रमणको मेसो मिलाएका हून्छन् । नेपालमा लोकतन्त्र वहाली भएको १७ बर्ष र नयाँ संविधान २०७२ जारी भएको ९ बषर््ाको दौरानमा छ ।
लोकतान्त्रिक दल र यसका नेता कार्यकर्ताहरुले यसको दोहन चरम रुपमा गर्दा नेपाल अहिले गरिवीको ७ औ स्थान कटाउन थालेको छ । नेपालमा देश भन्दा व्यक्ति धनी हुने भएकाले देशको अधिनमा व्यक्ति हुनु पर्नेमा यँहा व्यक्ति वा निश्चित समुहको अधिनमा नेपाल हुन थालेको छ । शिर्ष नेताहरु जसरी भए पनि सत्ता,भत्ता र शक्ति आफनो बागडोरमा कसरी थमाई राख्ने ध्याउन्नमा अनेक खेल खेल्न भन्ने विषयमा मात्र चिन्ता गरि रहेको पाईन्छ , अर्को तिर यि शिर्ष दल कै कमि कमजोरीबाट विभिन्न ऐजेण्डाहरु खडा गरेर नयाँ उदाएका राष्टिय स्वतन्त्र पार्टी ,राप्रपा नेपाल, नेसपा,जनमत पार्टी लगायतका पार्टीहरु आगामी निर्वाचनको तयारी गरि रहको पाईन्छ । यि नयाँ उदाएका पार्टीहरु पुराना दलहरुका गलत कृयाकलाप र हर्कतहरुलाई क्यास गरेर उनीहरु अगाडि बढने रणनितिमा लागेका छन् ।
यिनीहरुले पनि मुलुकको वर्तमान स्खलित अवस्थालाई क्यास गरेर अगाडि बढने खासै सैद्धान्तिक र व्यवहारिक कार्यायोजना सार्वजनिक गर्न नसकेकोले मुलुक फण्डै फण्डा वा तिर्खि चौखाको खेलमा अडि रहेको छ । अहिले चरम अनियमितता,भ्रष्टा«चार ,राजनैतिक रुपमा भएका सगठित गतिविधी र आर्थिक दोहनलाई विरोधको रुपमा ऐजेण्डा उठाईएको छ ,तर वास्तविक रुपमा प्रतिपक्ष लगायत नयाँ उदाएका पार्टीहरुले समाधानको कानुनी , वैचारिक, सैद्धान्तिक र व्यवहारिक कार्य योजना बाहिर ल्याउन नसकेको अवस्था छ ।
समस्याहरुको उठान जसरी गरिएको छ ,त्यसको समाधान सहितको बैठान यिनीहरुमा पनि अभाव नै देखिएको छ । समस्या उठानका सस्तो लोक प्रिय नारामा मुलुक अहिले शासित भएको छ । नेपाली जनमास पनि त्यसैमा रुलमुलिएको पाईन्छ । गतव्य सहितको परिणाम ल्याउने कार्यक्रम अहिलेसम्म नआउदा वास्तवमा नेपालको पोलटिक्समा वैदेशिक शक्तिहरु खेली रहेका छन् । खासै भन्ने हो भने नेपालको पोलटिक्स विदेशको वातावरण अनुकुल भएको छ । उनीहरुले नेपाल र नेपाली नेताहरुको गरिवी र कमजोरीको फाईदा लिए रहेको पाईन्छ । यस्को उज्वलन्त उदाहरण अन्तराष्ट्रिय माफियाहरुले नेपाललाई ट्रान्जित प्वाईन्ट रुपमा प्रयोग गरि सुन लगायत तस्करीका सामानहरु नेपालको बाटो हुदै भारतीय बजारमा जानु, नेपालीहरु विचौलियाको रुपमा प्रयोग रहनु र शिर्ष दलका नेता,कार्यक्रर्ताहरुको नाम मिचिनु आदिले नेपाल अन्तराष्ट्रिय तस्करहरुको क्रिर्डा स्थल बन्नु हो । नेपाली दलहरु विशेष गरि लोकतान्त्र पछि सरकार सञ्चालनका जिम्मा पाएका पक्ष प्रतिपक्ष दलका नेता कार्यक्रर्ताहरु नक्कली भुटानी शरणर्थी( मानव तस्कर), सुन काण्ड,ललिता निवासको सार्वजनिक जग्गा अपचलन लगायत अपराधिक गतिविधीमा नराम्रै गरि मुछिएका छन्
। उनीहरु बाहिर मिडियाँ जे भने पनि व्यवहारमा कानुनी प्रकृयामा आउन चाहेको पाइैदैन । उनीहरुले मुखमा राम राम वगालीमा च्छुरा जस्तै व्यवहार गरेर आफुहरु निर्दोष भएर उम्कीन खोजेको पाईन्छ । यिनीहरु तै ठिक मै ठिक भनेर प्रतिपक्षले संसद अबरुद्ध गर्ने सरकार खुलाउन वार्ता र बैठक बोलाएर ढाक छोपको सहमतिमा छानविन आयोग बनाउने अनि छानविन आयोग कै प्रतिवेदन लुकाउने जस्ता हर्कतमा नेपाली शिषर््ा दलहरु अहिलेसम्म गरि रहेका छन । छिनविन आयोग गठन गर्नु भन्दा यि दलहरुले नैतिक रुपमा आफना आफनो ठाउँबाट जिम्मेवारी छोडेर जो जोको नाममा अभियोग लाग्ने खालका विषयहरु बाहिर आएका छन् तिनीहरुले स्व–घोषणा गरेर आफै अनुसन्धानको दायरामा आए,बरु यिनीहरुको ईज्जत बढन जान्छ की ?यती १७ ÷१८ बषर््ाको लोकतान्त्रिक अभ्यास र ८÷९ बर्ष कै छोटो संवैधानिक शासनकालमा नेपालका शिर्ष दलहरुका नेता कार्यकर्ताहरु बदनाम भई लोकतन्त्र उपर प्रश्न चिन्ह तेर्साउनु नितान्त गरै सैद्धान्तिक र गरै जिम्मेवार कार्य हो ।यस्ता गैर जिम्मेवार दल र तिनका नेताहरुलाई नेपाली जनताले कतिसम्म बोक्ने हो सोचनिय विषय भने नेपालको पोलटिक्स भएको छ ।अब नेपाली जनताले अहिलेको यथास्थितिलाई रोज्ने वा यसलाई चिरेर नयाँ अग्रगामी समृद्ध नेपाल बनाउ लाग्ने यसको जिम्मा नेपाली जनताक कै हातमा छ ।
लोकतान्त्रिक दलका १७ बर्षको शासन र ९ बर्ष जतिको संबैधानिक अभ्यास केवल नेपाली जनतालाई देखाउने हाँत्तीका दाँत जस्तो भएको छ । मुलुकमा यिनीहरुको शासन कालमा दर्जनौ दर्जन अपराधिक काण्डहरु यिनीहरुका शिर्ष नेता कार्याक्रर्ताहरुको नाममा सार्वजनिक भई रहेका छन । उनीहरु दोषी उपर कारवाही गर्न हिचकिचाई रहेको पाईन्छ । यस वेला मुलुकका पुर्व प्रद्यान मन्त्रीहरुका नाममा ललिता निवासको सार्वजनिक जग्गा अपचलन गरेको विषय व्याप रपमा बाहिर आई रहेका छन र उनीहरु उपर छानविन सहितको कारवाही गर्नु भन्दा उनीहरुलाई उन्मुक्ति दिन सरकार उत्तद देखिन्छ । त्यसैले नेपालमा यि शिर्ष दलका नेता दिशेष गरि सत्तासिन दल नेकपा माओवादी केन्द्रका शिर्ष नेता कृष्ण बहादुर महराका बाबु छोरा,नेता बर्षमान पुनः पुर्वउपराष्टपति बर्षमान पुन लगायतको नेताहरुको सुन तस्करीमा मुचिएका खबरहरु बाहिर आई हेका छन् ,तर सरकार एक पछि काण्डहरका फाईल खाल्ने काम गरि रहेको छ ।त्यसमा भरपर्दो अनुसनधान सहितको कारवाही बढाएको पाईदैन । त्यस्तै गरि नक्कली भुटानी शणार्थी काण्डमा नेपाली काग्रेसको अध्यक्षको पत्नी आर्जु राणाको नाम स.गठित रुपमा मुछिएर आएको छ । अहिलेसम्म सरकारले कारवाहीको दायरामा लयाउन सकेको पाईदैन । त्यसैले यो सरकार काण्डै काण्डका फाईलहरु खोलेर भ्रष्टचारीहरु उपर कारवाहीको नाटक गरेर सरकारको आयु ल्म्बाउने गरि रहेको पाईन्छ । नेकपा माओवादी भित्र कै पार्टी उपाध्याक्ष लगायतको नाम सुन तस्करी काण्डमा नाम मुछिदा पनि सरकार र पार्टीले किन कारवाहीलाई तिव्र पार्न सकी रहुको छैन । यहाँ यो सरकार पार्टी बाहिर र पार्टी भित्रका आफनो विपक्षीहरुलाई तर्साएर आफनो पक्षमा उभ्याउने खेल खेली रहको त छैन भन्ने सर्वत्र विश्लेषण भई रहेको छ ।
यो सरकारले अहिले जे गरि रहको छ ,त्यो सकारात्मक छ ,तर उदेन्ने,उछन्निे ,अनि तह लगाएर आफनो दानो सोझयाउने हो भने यो सरकारको आयु र भोलीको अवस्था चुनौतीपुर्ण हुनेमा दुईमत छैन ।सरकार काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर नगरोस भन्ने आम जनताको व्यग्र चासो रहेको छ । हे सरकार माछो माछो भ्यागुतो नगरि दोषीहरुलाई कानुनको कठघरामा ल्याऊ । तब मात्र नेपाली जनताले विश्वस गर्ने छन् । अनि मुखमा राम राम बगालीमा च्छुरा नहोस ।अहिले सरकार स्वयम्ले शुरु गरेको अभियानमा सरकार, सत्ता,भत्ता,सुख ,सुविधा प्यारो भन्दा नेपाली जनता र देश प्यारो बनाएर अगाडि बढ,अनि जनताले पनि भोली सोचविचार गर्लान ।जनता रुसाउने र शत्रु हसाउने काम नहोस ।धन्यवाद ।
लेखक : राजनितिशात्रमा माष्टर तथा अधिवक्ता पनि हुनु हन्छ ।



