फेसबुक सञ्चालक कम्पनी मेटाले यसै साता ट्विटरको प्रतिस्पर्धी ल्याउँदै

  ।   २०८० असार १९, मंगलवार १४:३२

संवाददाता ।

सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को सामाजिक सञ्जाल ट्विटरको प्रतिस्पर्धी नयाँ एप आगामी बिहीवारदेखि सञ्चालनमा ल्याउन लागेको छ ।

थ्रेड्स् भनिने उक्त एपलाई एपल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि–अर्डर’ गर्न सकिन्छ भने त्यसलाई इन्स्टाग्रामसँग लिङ्क गरिनेछ ।

उक्त एपका स्क्रीनसटहरू हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ । मेटाले थ्रेड्स्लाई टेक्ट्स बेस कन्भर्सेसन एप अर्थात् “अक्षरमा आधारित संवाद एप” भनेको छ ।

फेसबुक सञ्चालक कम्पनीको उक्त निर्णय त्यसका मालिक मार्क जकरबर्ग र ट्विटरका मालिक इलोन मस्कबीचको पछिल्लो प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

बिबिसी नेपालीबाट

Next Post

(एसईई) को नतिजा प्रकाशनको तयारी

२०८० असार १९, मंगलवार १४:३२
संवाददाता । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारीमा छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका […]