
संवाददाता, खजुरा बाँके ।
ग्रामिण क्षेत्रमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मार्फत वित्तिय साक्षरता सम्बन्धिका कक्षाहरु चलाउन थालेपछि वैदेशिक रोजगारीमा रहेका ब्यक्तिका आफन्तहरु लाभाम्वित हुन थालेका छन ।
बाँकेको खजुरा गाउँपालिका अन्र्तगत पर्ने वडा नम्बर २, ३, ५, ६ मा सञ्चालित वित्तिय साक्षरता कक्षाबाट १०६ जनाले लाभ लिईरहेका आज आयोजित एक अन्र्तक्रिया कार्यक्रममा जानकारी गराईएको हो ।
सरोकारवाला निकाय सम्मिलित अन्र्तक्रियामा खास गरी श्रीमान–श्रीमति, गाउँसमाजको सम्बन्ध वैदेशिक रोजगारीले पारेको असर लगायतका बिषयमा चर्चा गरियो ।
चालु आर्थिक बर्ष २०७९-०८० को हालसम्मको अवधिमा वैदेशिक रोजगारी जोडिएर १३ वटा लन्छना (आरोप), ५ वटा मृत्यु सम्बन्धिका घटनाहरु पनि अभिलेख गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा बाँकेको खजुरा गाउँपालिका सहित नेपालगंज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यन्वयन भईरहेको जनाईएको छ ।
पुरन परियारको सहयोगमा…
अपडेट…



