रमाए नरैनापुरबासी, राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान आजैदेखि सुरु

  ।   २०७९ चैत्र १, बुधबार ००:०७


बाँके । नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु गरिएको छ । यसरी सुरु गरिएको अभियानले नरैनापुरबासीहरु खुशी भएका छन् ।

नरैनापुर गाउपालिकाका प्रमुख प्राशासकिय अधिकृत मणिराम खरालका अनुसार पालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि प्रत्येक वडामा दुइटा स्टेसन रहने गरि आठ वटा स्टेसन मार्फत विवरण संकलन गरिने प्रमुख अधिकृत खरालले बताउनु भयो । आफ्नो पालिका भित्र सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन केन्द्रहरुको अनुगमन गर्दै नरैनापुरका अध्यक्ष इश्तिायक अहमद शाहले सबैलाई परिचयपत्र लिन आह्वान गर्नुभयो । अध्यक्ष शाहले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण समेत गराउनु भयो ।

राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र भएको बताउदै अध्यक्ष शाहले विवरण दर्ता गराउन नरैनापुरबासी संग अपिल गर्नु भयो । नरैनापुर ५ का वडा सचिव भरत महतोले सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रूपमा भण्डारणसहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहु-उपयोगी  राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने सङ्घीय सरकारको उद्देश्यअनुरूप विवरण सङ्कलन भइरहेको बताउनु भयो । उहाँले दैनिक ८० देखि १०० जनाको विवरण संकलन भईरहेको बताउदै विवरण दर्ता गराउनेहरुको संख्या बढ्दै गएको जानकारी दिनु भयो ।

नरैनापुर २ का सचिव एंव पालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले सरकारले पछिल्लो समय सबै नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेकाले अभियानका क्रममा नरैनापुरको वडा टोलमै शिविर आयोजना गरीएकोले सम्पूर्ण नरैनापुरबासीलाई सम्बन्धित वडामा गएर आफनो विवरण दर्ता गराउन आग्रह गर्नु भयो । नरैनापुर ५ कि ६२ वर्षिय महेशा यादवले वडा स्तरबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु भए पछि भन्नुभयो,´म जस्तो बृद्धाका लागि धेरै सहज भएको छ ।` उहाँले थप्नु भयो, ´ आफनो वडामै आएको सुविधालाई खेर नफाल्नुस, नेपालगंज गएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउन धेरै महंगो र दुखदायी रहेको थियो । मलाई धेरै खुशी लागेको छ । राष्ट्रिय परिचयपत्र घरमै पाएको छु ।`  राष्ट्रिय परिचयपत्रको विवरण वडा स्तरबाट संकलन गरे जस्तै नागरिकता प्रमाणपत्र पनि पालिका स्तरबाट बनाउन पाएको भए गरिबका लागि ठूलो राहात हुने थियो भन्दै उहाले आफ्ना कुरा राख्नु भयो ।

यसरी सुरु भएको विवरण संकलन अभियान १ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्राविधिक राम बहादुर ओलीले बताउनु भयो । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने विभागले जनाएको छ । जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको कम्तीमा १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने स्रोतले जनाएको छ ।

Next Post

फोटोग्राफी समिट र फोटो फेस्टिवलको मिति सार्वजनिक

२०७९ चैत्र १, बुधबार ००:०७
संवाददाता, नेपालगंज । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको नेपाल फोटोग्राफी समिट यही चैत्र २२ र २३ गते नेपालगन्जमा हुने भएको छ । यसैगरी तेस्रो नेपालगन्ज फोटो फेस्टिवल चैत्र २१ र २२ गते हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने समिटमा देशभरबाट १ सय ११ फोटो पत्रकारहरु र फोटोग्राफीमा स्वतन्त्र […]

सम्बन्धित समाचार