नेकपाको चियापान नहुने

  ।   २०७७ कार्तिक ११, मंगलवार १८:२४

काठमाण्डौ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

Next Post

वैशाखयता विपदमा परेर ४६३ को मृत्यु

२०७७ कार्तिक ११, मंगलवार १८:२४
काठमाडौं । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र […]