बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ महतेनियामा ८ कोठे विद्यालयको भवन निर्माणका लागि बिधुतिय बोलपत्र आह्वान गरिएको छ ।
संघीय सरकारको बजेटबाट निर्माण गर्न लागिएको उक्त भवन निर्माण भए पछि नरैनापुरलाई शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा समेत देशकै नमुना बनाउन पहल गरिने गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो।
नयाँ बन्ने भवनको ८ वटा कक्षाकोठा रहनेछन् । नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले विद्यालय भवन निर्माणले शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने बताउनुभयो। ‘विद्यालयको भौतिक पूर्वाधार राम्रो भएपछि शिक्षाको गुणस्तरमा सहयोग पुग्छ,’ उहाँले भन्नुभयो, ‘नरैनापुर जस्तो दुर्गम ठाउँमा शिक्षा र स्वास्थ्य संगै सदरमुकाम संग सम्बन्ध स्थापित हुनु आफैंमा महत्वपूर्ण छ ।’
नरैनापुर गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम सुरु गरेको छ ।



