नेपालगन्ज । योङ्ग कम्युनिस्ट लीग नेपालको दोस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बाँके जिल्ला अध्यक्ष तथा खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक (तुफान) ले टोल-टोल, वडा-वडामा गएर युवालाई संगठित गरि वाइसीएल निर्माण गरेर पार्टीलाई बलियो बनाउन आग्रह गर्नु भएको छ ।
नेपालगन्जको द ग्यालेक्सी दरवार होटलमा सुरुभएको बैठकमा वाइसीएलका जिल्लामा उपलब्ध केन्द्रिय नेता, जिल्ला अध्यक्ष र इन्चार्जको उपस्थिति रहेको थियो । प्रमुख अतिथिका रुपमा रहनु भएका अध्यक्ष तुफानले वाइसीएलमा आवद्ध साथीहरूले पार्टीमा राम्रो नेतृत्व गर्नु भएको बताउनु भयो । उहाँले भन्नुभयो,´ साथीहरू नेता बन्न आफै खट्नु पर्छ । वडामा हुने साथीहरु टोलमा जानुस्, जिल्लाका साथीहरू नगरमा जानु होस्, आफूलाई स्थापित गर्न आफै लाग्नु पर्छ । जो लाग्छ उहीँ नै नेतृत्वमा आउछ ।`
बैठकमा नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष तथा वाइसीएल केन्द्रिय स्थायी समिति सदस्य रतन बहादुर साहीले वाइसीएललाई एकता बद्ध भएर लाग्न उत्साह दिनु भयो । अध्यक्ष शाहीले वाइसीएलको भुमिका एकदमै महत्त्वपूर्ण रहेकोले हामी पछाडी फर्किन नमिल्ने समेत बताउन छुटाउनु भएन त्यस्तै वाइसीएलका केन्द्रिय श्रम तथा रोजगार विभाग सचिव सुरेश जागा, केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष, केन्द्रिय सदस्य गिता शाही, केन्द्रिय अनुशासन आयोग सदस्य गिरिराज भुषाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
बैठकले जिल्लामा रहेका सबै पालिका, गाउ र टोललाई वाइसीएल मय बनाउने निर्णय गरेको छ । पार्टीलाई बलियो बनाउन लागि पर्ने अधिकांश सहभागी वाइसीएलका पालिका अध्यक्षले बताएका छन् । बैठको समापन जिल्ला अध्यक्ष आकाश कार्किले गर्नु भएको थियो ।