बौद्धिक नेता तुफानलाइ आमाहरुको आशिर्वाद

  ।   २०७९ बैशाख १९, सोमबार ०९:०१

नेपालगन्ज । खजुरा गाउपालिका माओवादी/कांग्रेस गठबन्धनका अध्यक्ष डम्बर बिक तुफानलाइ आफ्नै आमा लगायत आमाहरुले आशीर्वाद दिनुभएका छन्  । लामो समय राजनीतिक यात्रामा होमिनु भएका नेता तुफानलाइ यसपटकको निर्वाचनमा जितेर आउनु भन्दै आफ्नै आमाले पनि आशीर्वचन दिनु भएको हो ।

जनताको घरदैलो अभियानमा लाग्नु भएका तुफान ब्याटल युद्धको अग्र मोर्चामा हुनुहुन्छ । आफ्नी आमा संग आशीर्वाद लिदै खजुराका हजारौं आमाको खुशी फिर्ता गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाले भन्नुभयो,´ मेरी आमा मात्र होइन, खजुराका सबै आमाको मेरो पालोमा खुशी बनाउने गरि सम्मान गर्ने छु ।` घरदैलो अभियानमा यतिखेर तुफान जेष्ठ नागरिक, युवा, महिलाहरू संग खजुरा कस्तो खजुरा बनाउने त्यसको भिजन आफुसंग भएको बताउन थाल्नु भएको छ ।

बौद्धिक नेता तुफानको योजना नै समुन्नत खजुरा बनाउने रहेको छ । गठबन्धनको बलियो माहोल देखेपछि खजुराका जनताहरु आशीर्वाद दिन लामलाग्न थालेका छन् । जेष्ठ नागरिक सुनिता शाहीले भन्नुभयो, ´ हाम्रो भरोसा नै तुफान हो, यसपटकको मत तुफानलाइ नै दिन्छौं ।` प्रचारप्रसारको लहर तुफानको पक्षमा रहेको सर्वसाधारणले बताउन थालेका छन् ।

Next Post

४ नं. वडा अध्यक्ष पदका उम्मेदवार भीम ठकुरी को हुन्,

२०७९ बैशाख १९, सोमबार ०९:०१
संवाददाता, गुलरिया बर्दिया । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा गुलरिया ४ बाट वडा अध्यक्ष पदमा भीम उचै ठकुरी उम्मेदवार बन्नुभएको छ । नेकपा माओवादी केन्द्रबाट सर्वसम्वत रुपमा उम्मेदवार बन्नु भएका ३४ बर्षिय ठकुरीले जनतामाझ आफना योजनाहरु लिएर जाने क्रम जारी रहेको बताउनुभएको छ । विद्यार्थी देखी पार्टीको […]

सम्बन्धित समाचार