रगतको अभाव भयो, आवश्यक सावधानी अपनाएर रक्तदान गरौँ’

  ।   २०७७ भाद्र १२, शुक्रबार ०७:५९

काठमाण्डौ । रगतको अभाव बढ्दै गएपछि सरकारले सुरक्षा सावधानी अपनाएर रक्तदान गर्न आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल अन्तर्गतको राष्ट्रिय रक्तसञ्चार ब्यूरोले आज सार्वजनिक सूचना निकालेर रगतको अभाव भएकाले रक्तदानका कार्यक्रमलाई नियमित गर्न आग्रह गरेको हो ।

बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन निकै कठिन भएकाले आवश्यक सावधानी अपनाएर सबै रक्तदाताले रगत दान गर्न सूचनामा आग्रह गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि अहिले रगत संकलन हुन सकेको छैन । महामारीका बेला कसरी नियमित कार्यक्रमलाई अगाडि बढाउने भन्ने विषयमा छलफल र तयारी नहुँदा बिरामीले सजिलै रगत पाउन छोडेका छन् ।

कोरोनाको संक्रमण समुदायस्तरमा नै फैलिसकेकाले कसरी र कसले रगत दान गर्ने भन्ने अन्यौल बढेको छ । उज्यालो अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोग बाध्यकारी

२०७७ भाद्र १२, शुक्रबार ०७:५९
काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई बाध्यकारी बनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पेरिस र आसपासका क्षेत्रमा आजदेखि मास्कलाई अनिवार्य गरिएको हो । समाचार संस्था रोयटर्सका अनुसार यो नियम पैदल हिँड्ने र साइकलमा यात्रा गर्नेलाई पनि लागू हुने छ । तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको […]

सम्बन्धित समाचार