
संवाददाता, बढैयाताल, बर्दिया।
श्री भगवति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बढैयाताल ७ तिलकाना बर्दियाले आफनो प्रशासनिक भवनको उद्दघाटन गरेको छ ।
सोमबार १८ लाख २४ हजार बढीको लागतमा निर्मित भवनको उद्दघाटन बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपान्नेले गर्नुभएको हो ।
नव निर्मित भवन १९ औं बार्षिक साधारण सभाको अवसर पारी उद्दघाटन गरिएको सहकारीले जनाएको छ । श्री भगवति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा ३ सय ६८ जना जति शेयर सदस्यहरु रहेका छन ।
सहकारीले आर्थिक बर्ष २०७७-०७८ मा १२ करोड ३२ लाख ५४ हजार ४ सय ३६ रुपैंया बराबरको कारोवार बाट ५४ लाख १ हजार ४ सय २५ रुपैंया नाफा आर्जन गरेको छ ।
संस्थाका अध्यक्ष ईन्द्र प्रसाद लुईटेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्था स्थापना कालमा संस्थाको संरक्षणमा अहम भुमिका खेल्नुहुने संस्थापक शेयर सदस्य नारायण प्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।
त्यसै गरी संस्थाका ७० वर्ष माथी पुगेका जेष्ठ शेयर सदस्यलाई पनि न्यानो कपडा पोषण सहित सम्मान गरिएको छ ।
दल बहादुर सुनारको सहयोगमा….



