नेकपा माओवादी केन्द्र डुडुवामा अध्यक्ष यादवको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन

  ।   २०७८ मंसिर ११, शनिबार २०:००

नेपालगन्ज । नेकपा माओवादी केन्द्र डुडुवा गाउपालिका अधिवेशनले भोला यादवको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले उपाध्यक्षमा मनविर थापा, दयाराम यादव, पहलसिंह बिक, सचीवमा प्रेमा कुमारी शाही, सहसचिवमा कालू गिरी, कोषाध्यक्षमा फैमुद्दिन खान लगायत ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

लुम्बिनी प्रदेश सदस्य फारुकीका अनुसार डुडुवामा विना विवाद सर्वसम्मत कार्यसमिति चयन गरिएको छ । त्यस्तै निर्वाचित सचिव शाहीले डुडुवामा नेकपा माओवादी केन्द्रको सक्रियताला प्रवल रुपमा अगाडी बढाउने कुरा गुडन्युज खबरलाई बताउनु भयो ।  शाहीले थप्नु भयो,” माओवादी केन्द्र डुडुवाले राम्रो नमुना सहितको कार्यसमिति चयन गरेको छ । महिला, दलित, जनजाति, मधेसी र मुस्लिम अल्पसंख्यकलाई उचित स्थान दिएर विधान सम्मत काम गरेको छ ।”

Next Post

नेकपा माओवादी केन्द्र जनकिको अध्यक्षमा बर्मा

२०७८ मंसिर ११, शनिबार २०:००
बाँके । नेकपा माओवादी केन्द्र जानकी गाउँपालिका बाँकेको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा रक्षाराम बर्मालाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट बर्मासहित ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नबिन शर्माले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा जित शेष, रामप्रकाश दर्नाल […]