अमेरिकी राजदूत बेरीद्वारा मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान

  ।   २०७८ कार्तिक ३, बुधबार १५:३४

संवाददाता  ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले मुस्कान खातुनलाई ‘इन्टरनेशनल वुमेन अफ करेज’ पुरस्कार प्रदान गर्नुभएको छ ।

उक्त कार्यक्रममा मुस्कान खातुन र राजदूत बेरीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश संसद्बाट पारित गर्न नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

आज (बुधबार) फर्स्ट लेडी आरजु राणा देउवासहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा मुस्कान खातुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल, नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल लगायतको उपस्थिति थियो ।

रिपोर्टस नेपाल डटकमबाट

Next Post

आजदेखि मौसममा सुधार : ठूलो पानी नपर्ने, पहिरोको जोखिम भने कायमै

२०७८ कार्तिक ३, बुधबार १५:३४
काठमाण्डौ । आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेको छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो । भारतको बिहार र उत्तर प्रदेश आसपासमा […]