एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

  ।   २०७८ भाद्र १, मंगलवार ०७:१६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाउनु भएको छ ।

पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गर्दै ओलीले संसदीय दल र स्थायी कमिटी बैठक बोलाउनु भएको हो। देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो।

स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ।

अध्यक्ष ओलीले सोमबार राति नै वक्तव्य जारी गर्दै पार्टी एकताको आह्वान गर्नुभएको छ ।

Next Post

राजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावि कार्यक्रम बारे जानकारी  

२०७८ भाद्र १, मंगलवार ०७:१६
समाचारदाता नेपालगञ्ज, . बर्दियाको राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने बाँके युनेस्को क्लब लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन समन्वय बैठक सम्पन्न गरिएको छ । सो बैठकमा बाँके युनेस्को क्लब, गेरुवा, बी ग्रुप, स्याक नेपाल, साथी र थारु महिला उत्थान केन्द्र […]