दक्षिण कोरियामा कोरोनाको चौथो लहर

  ।   २०७८ श्रावण १०, आईतवार ०७:१८


एजेन्सी । दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही सातादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ। यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसियु शय्यासमेत अभाव हुन थालेको छ।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन्।

स्वास्थ्य विभागका अनुसार केही सातादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट) को समेत लक्षण देखिएको छ। यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजारबढी बढी छन्। यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्दछ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च हो। यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुईजनाभन्दा बढी भेला हुनसमेत बन्देज गरेको छ। सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ।

कोरियामा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८४ हजार १०३ पुगेको छ। मृत्यु हुनेको संख्या दुई हजार ६३ छ।

Next Post

आइतबार बिहानै ४ पोका कपडा बरामद

२०७८ श्रावण १०, आईतवार ०७:१८
संवादददाता, नेपालगन्ज । जमुनाह नाकाबाट ल्याएको ४ पोका कपडा आइतबार बिहानै बरामद भएको छ । ट्राफिक चोकबाट पिछा गर्दै आएको घुमुवाले बिद्धुत नजिक गुडन्युज खबर अनलाइनको कार्यालय अगाडि भेट्टाएको हो ।बिहान ६ बजे रंगेहात बरामद भएको कपडा घुमुवाको हातबाट बचाउन निकै प्रयास भयो । गुडन्युजका फोटो पत्रकार मोहनलाल चौधरीका अनुसार […]

सम्बन्धित शीर्षक