सूफीनिज्मबाट मानवता जोगाउन `दरगाहे आला´

  ।   २०७८ श्रावण १, शुक्रबार १९:१९

समीर अली बेहना, नेपालगन्ज । 
दरगारे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले मानवता  जोगाउन सूफीनिज्मको आवस्यकता रहेको बताएको छ ।  भारतको उत्तर प्रदेशमा रहेको बरैली शरीफ दरगाहे आला हजरतद्वारा नेपाली नागरिकहरुलाई राहत सामाग्री वितरण गर्न आएको टोलिले मानवताको सन्देश दिएको छ ।

आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा लकडाउनबाट प्रभावित  गरीब असाहाय र पीडित परिवारलाई अरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण गरिएको मुस्लिम समाजले बताएको छ ।दरगाहे आला हजरतका प्रमुख सुबहानी मियाँले राहत वितरण गर्न पठाएको टोलिले १३ मार्चमा नेपालको अधिकांश क्षेत्रहरूमा करीब २०० भन्दा बढी मदरसा र मस्जिदहरुको अवलोकन गरि गरीब र आसहायहरुको अवस्था बारे एक रिपोर्ट पेश गरेको जनाईएको छ ।

जुन रिपोर्टको आधारमा दरगाहे आला हजरतबाट राहत सामाग्री वितरण गर्न एउटा प्रतिनिधि मण्डल पठाइएको हो । प्रतिनिधि मण्डलद्वारा बाँके जिल्लाको नगरपालिका र गाउँ पालिका गरि सय जना पीडितहरुलाई राहत बाडिएको मस्जिदका एक अगुवाले जानकारी दिनुभयो ।

राहत सामाग्रीमा ५ किलो चामल, ५ किलो पिठो, १ किलो चिनि, १ किलो नुन, १ किलो मसुराको दाल र १ लिटर तेल रहेको छ । सो कार्यक्रममा नेपाल वल्मा काउन्सिलका नायव संयोजक मौलाना नसिरुद्दीन अन्सारी , कारी अब्दुल कैयूम, कारी अजमत लगायत जिल्लाका अधिकांश वल्मा र मुस्लिम समुदायका अग्रजहरुको उपस्तिथि रहेको थियो  ।

Next Post

मनसुन थप सक्रिय

२०७८ श्रावण १, शुक्रबार १९:१९
संवाददाता । मनसुन थप सक्रिय भएको छ । आज दिउँसोदेखि मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वाग्मतीसहित प्रदेश एक र लुम्बिनीका केही ठाउँमा भारी वर्षा भैरहेको छ । काठमाण्डौ उपत्यका र प्रदेश दुई तथा गण्डकीमा पनि पानी परिरहेको छ । आज राति, भोली […]

सम्बन्धित समाचार