चुरे क्षेत्र दोहन हुन नदिने अर्थ मन्त्रालयको प्रतिबद्धता

  ।   २०७८ जेष्ठ २०, बिहीबार ०७:१९
unn.prixa.net

काठमाण्डाै |अर्थ मन्त्रालयले चुरे क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध रहेको जनाएको छ । सरकारले बजेटमार्फत खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा घटाउने बताएपछि चौतर्फी विरोध भइरहेको छ ।

अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार चुरे/भावर/शिवालिक र नदी प्रणालीबाहेक उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको जनाएको छ । चुरे क्षेत्रबाट निर्माण सामग्रीको दोहन हुन नदिन र वातावरणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित सरकारी निकाय, वातावरणविद्, विषय विज्ञ र सरोकारवालासँग छलफल गरेर प्राप्त हुने सल्लाह–सुझावका आधारमा कार्यविधि, निर्देशिका, मापदण्ड र कानुनी प्रबन्ध गर्न तथा वातावरण र जीविकामा प्रतिकूल प्रभाव पर्न नदिन सरकार प्रतिबद्ध रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्को र प्लानद्धारा बाँसगढीका बालबालिकाकालागि पैरवी कार्यशाला सञ्चालन

२०७८ जेष्ठ २०, बिहीबार ०७:१९
समाचारदाता नेपालगञ्ज । बाँके युनेस्को क्लबले विद्यालय बाहिर रहेका तथा विभिन्न कारणले विद्यालय छाडेका बालबालिकाको शिक्षाका लागि बर्दियाको बासगढी नगरपालिकामा भर्चुअल पैरवी कार्यशाला सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा युनेस्को क्लबले बर्दियामा सञ्चालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सो कार्यशालाको आयोजना गरिएको जनाईएको छ । विद्यालय बाहिर रहेका […]