एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जमाउने संकेत नरहेको युरोपियन युनियनको दाबी

  ।   २०७७ चैत्र ४, बुधबार ०७:१३
unn.prixa.net

काठमाण्डाै | युरोपियन युनियनले अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जम्ने समस्या कुनै पनि हालतमा नरहेको र यो सुरक्षित रहेको दोहोर्‍याएको छ ।

खोपका कारण रगत जम्ने समस्या हुने कुनै संकेत नरहेको भन्दै युरोपियन मेडिकल एजेन्सी (यूएमए)ले यो खोप लगाएकै कारण रगतमा खराबी आउने कुरा गलत भएको दाबी गरेको हो । युरोपमा ७० लाख व्यक्तिलाई खोप लगाउँदा ३७ जनामा रगत जम्ने समस्या देखा परेपछि केही देशहरुले यो खोप लगाउन छाडेका छन् ।

खोपबारे प्रश्न उठेसँगै विश्व स्वास्थ्य संगठनका खोप सुरक्षा विशेषज्ञहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपबारे छलफलसमेत गरेको छ ।  विशेषज्ञ टोलीले खोपका कारण अथवा अरु कुनै कारण रगतमा समस्या हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ । खोपबारे अध्ययनको नतिजा केही दिनमै सार्वजनिक गर्ने विशेषज्ञ टोलीको तयारी रहेको छ ।

यो खोपले मानिसको शरीरमा फाइदा गर्ने र कोरोना भाइरससँग लड्न सहयोग गर्ने विशेषज्ञ टोलीले विश्वास लिएको छ । युरोपियन युनियनले भने रगतमै पहिलेदेखिकै खराबीका कारण यस्तो भएको हुन सक्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो खोप नरोक्न निर्देशन दिएको छ ।

– Ujyaalo Online

Next Post

कांग्रेस नेता नवीन्द्रराज जोशीको भेन्टिलेरटमा राखेर उपचार हुँदैछ : परिवार

२०७७ चैत्र ४, बुधबार ०७:१३
काठमाण्डाै | मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । अस्पताल र परिवारका सदस्यले पुष्टि नगरिकन केही सञ्चारमाध्यमले उहाँको बारेमा अनावश्यक खबर छापेका दाजु राजुराज जोशीले बताउनुभयो । राजुराज जोशीले भन्नुभयो–‘सञ्चारमाध्यममा हामीले पुष्टि नगरेको खबर आयो, यो गलत […]