आईपीएल : दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा प्रवेश

  ।   २०७७ कार्तिक २१, शुक्रबार ०७:०३

एजेन्सी । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे ।

कागिसो राबडा १५ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

दिल्लीलाई समेत फाइनल पुग्ने अवसर कायमै छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद खेल्नेछन् ।

Next Post

अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा जो बाइडेनको अग्रता कायमै

२०७७ कार्तिक २१, शुक्रबार ०७:०३
एजेन्सी । अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको अग्रता कायमै छ । दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । जित नजिक पुग्नुभएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाउनु भएको छ । […]

सम्बन्धित समाचार