माछो,जाल र मान्छ
पृय माछो
मान्छेको जालमा पर्छ
संयोगले
मुक्त भयो भने जालबाट
त्यो शान्त सरोवरमा डुल्नथालिहाल्छ
ऊ आनन्दको सागरमा
रम्न थालिहाल्छ
जालबाट मुकति
उसको पुनर्जीवन हो,उत्सव हो
फरक छ,मान्छे र माछामा
माछो मान्छेबाट जालमा पर्छ
र संयोगले मुक्त हुनसक्छ
तर मान्छे
त्यो सौभाग्य छैन
उसलाई
ऊ जन्मदै जालमा हुन्छ
हुर्कदै,बढ्दै जादा
यौवनको जालमा पर्छ
बुढेसकालमा त ऊ
लौकिक प्रपन्चको
महाजालमा हुन्छ
ऊ जालबाट मुक्त हुदैन
अनेक जालहरु
मोह,ममताका जालहरु
प्रेम बन्धनका जालहरु
मान्छेलाई पछ्याइरहन्छ्न
पछ्याइरहन्छन
ऊ अनायास जालबाट
त्यस दिन मात्र मुक्त हुन्छ
जुन दिन उसको
सकिन्छ जीवन लीला
जालबाट मुक्तिपछि
मान्छेले माछाझै
कुनै आनन्दको
अनुभूति गर्न सक्तैन
पुनर्जन्मको,उत्सवको
कुनै अनुभूति गर्नै सक्तैन ।
Next Post

एसईईको परीक्षाफल प्रकाशित
२०७७ भाद्र १, सोमबार १९:४८
नेपालगन्ज । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ । यस वर्ष कुल चार लाख ८२ हजार नौ सय ६ जना विद्यार्थीले परीक्षको लागि आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसईईको नतिजा टेलिफोन, […]
सम्बन्धित शीर्षक
-
२०७८ श्रावण १६, शनिबार १४:४१
भ्वाइस अफ नेपालका चार उत्कृष्ट प्रतियोगी छनोट
-
२०७७ मंसिर २१, आईतवार ०७:२४
मिस नेपाल- २०२० को उपाधि नम्रता श्रेष्ठलाई
-
२०७७ श्रावण ८, बिहीबार १०:४५
मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने
-
२०७७ श्रावण ८, बिहीबार १०:५०
सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन
-
२०७७ आश्विन ३०, शुक्रबार १५:३३
बलीवुडका स्थापित अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको पुष्टि
-
२०७७ चैत्र ४, बुधबार १०:१६
सिमल फुलेपछि देखिएका दृष्य


