बाँके । जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै बाँकेमा सङ्क्रमितको संख्या ३ हजार ४ जना पुगेको छ ।
जिल्ला कोभिड– संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार गएको २४ घण्टामा ३८ जना कोरोना मुक्त भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या दुई हजार ६६० पुगेको छ । अहिले बाँके जिल्लामा ३१४ जना सक्रिय सङ्क्रमित छन् ।
हाल सम्ममा बाँकेमा कोरोना भाइरसको संक्रमणका कारण ३० जनाको ज्यान गएको छ । जिल्लामा बिरामी निको हुने दर ८८.५५ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।