पछिल्लो २४ घण्टामा बाँकेका ६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या तीन हजार नजीक, प्रकोप दर ०.५० प्रतिशत

  ।   २०७७ कार्तिक १०, सोमबार १८:३९

बाँके । बाँके जिल्लामा कोभिड– १९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या दुई हजार ९९६ जना पुगेको छ । जिल्ला कोभिड–१९ संकट केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार सोमबार ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६४ जनाको नमुना परीक्षण गरिएको डीसीसीएमसी बाँकेले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा ३७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६२२ पुगेको छ ।

अब बाँके जिल्लामा ३४४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा कोरोना बिरामी निको हुनेदर ८७.५२ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको डीसीसीएमसी बाँकेले जनाएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर पछिल्लो २४ घण्टामा एक हजार ७४१ थपिए, चार हजार पाँच सङ्क्रमणमुक्त

२०७७ कार्तिक १०, सोमबार १८:३९
काठमाडौं । नेपालमा कोरोनाभाइरसका एक हजार ७४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार छ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक […]