बाँकेमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागी रहेको छ । बाँकेमा रोगको प्रकोपदर ०.४० प्रतिशत छ ।
यसैगरी बिरामीको मृत्युदर १.०८ प्रतिशत छ भने निको हुने दर भने ७६.८० प्रतिशत रहेको छ । कुल संक्रमित २ हजार ४ सय ५ जना मध्ये १ हजार ८ सय ४७ जना निको भई डिस्चार्ज भएका छन ।
आज मात्रै पनि ३८ जना डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) बाँकेले जारी गरेको रिपोर्ट उल्लेख छ ।