बाँके । बाँकेमा कोरोना संक्रमितहरुको संख्या १ हजार ७ सय ७४ जना पुगेको छ ।
आज मात्रै पनि भेरी अस्पताल नेपालगंजको पीसीआर प्रयोगशालामा पहिलो लट १०, दोस्रो लटमा ४ र नेपालगन्ज मेडिकल कलेज कोहलपुर पीसीआर ल्याबबाट ५ जना, बागेश्वरी पीसीआर ल्याब बाट ५ जना गरि जम्मा २४ जनालाई कोरोनाको संक्रमण पाईएको छ ।
संक्रमित मध्ये १ हजार ३ सय ६१ जना ब्यक्तिहरु निको भएका छन । हाल सम्म बाँकेमा जिल्ला भित्रका १२ जना र बाहिरी जिल्लाका ५ जना ब्यक्तिहरुको मात्र मृत्युभएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।
अहिले ४ सय १ जना उपचारमा रहनुभएको छ ।