बर्दियाको गुलरियामा अपांगता–मैत्री समाज निर्माणमा जोड समाचारदाता

  ।   २०८२ मंसिर २०, शनिबार १८:३३


नेपालगन्ज । “सामाजिक प्रगतिका लागि अपांगता–समावेशी समाज प्रवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बर्दियाको गुलरिया नगरपालिकाद्वारा आयोजित ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरिएको छ ।

बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपाल, बेस र आइएनएफ तथा अन्य सरोकारवालासँग साझेदारी गर्दै आयोजना गरिएको सो कार्यक्रममा अपांगता मैत्री समाज निर्माणमा जोड दिईएको थियो ।

गुलरिया नगरपालिकाकी उप–प्रमुख सबित्रा गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्दा अर्यालले विशेष सम्बोधन गर्दै अपांगता भएका व्यक्तिहरू क्षमता र योगदानमा कुनै पनि रूपमा कमजोर नभएको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता विकास र सशक्तिकरणका लागि पालिकाभित्र काम गर्दै आएका विभिन्न संस्थाका गतिविधिबारे जानकारी पनि गराउनुभयो ।

कार्यक्रम अन्तरक्रिया तथा समूह छलफलका माध्यमबाट संचालित गरिएको थियो । सो अवसरमा सामाजिक सञ्जालको जिम्मेवार र सुरक्षित प्रयोगबारे सहभागीलाई महत्वपूर्ण जानकारी र चेतना दिइयो ।

त्यससँगै, पालिकाभित्रका आठवटा विद्यालयबीच अन्तर–विद्यालय क्विज प्रतियोगिता आयोजना गरियो । अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई पुरस्कार प्रदान गरियो भने अन्य सहभागी विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो कार्यक्रममा ७० जना भन्दा बढी सहभागी थिए, जसमा वडाका जनप्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षक, समुदायका अगुवाहरु, सामाजिक अभियन्ता, किशोर–किशोरी तथा युवा, अभिभावक, प्रहरी, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागिताले अपांगता सम्बन्धी सूचनाको पहुँच विस्तार र सहानुभूति–आधारित व्यवहार अभिवृद्धिमा योगदान पुर्याएको आयोजकहरूको भनाइ छ ।कार्यक्रममा बाँके युनेस्को क्लबककी अनु चौधरी, भगवती बिक र नग्मा मनिहारले विशेष प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान गर्नुभएको थियो ।

Next Post

नरैनापुरमा बढ्दो अराजकता र अपारदर्शिता : नागरिक समाजद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन–पत्र

२०८२ मंसिर २०, शनिबार १८:३३
सबिता चन्द ठकुरी बाँके — बाँकेको नरैनापुर गाउँपालिकामा बढ्दै गएको प्रशासनिक अराजकता, अपारदर्शिता र मनपरी निर्णयविरुद्ध स्थानीय नागरिक समाज, जेन्जी युवाहरू तथा सरोकारवालाले आइतबार प्रमुख प्रशासकीय अधिकृत नवराज वलीलाई ज्ञापन–पत्र बुझाउँदै तत्काल सुधारको माग गरेका छन्। ज्ञापनपत्रमा विकास तथा प्रशासनिक सेवामा देखिएको अस्वाभाविक ढिलासुस्ती, फाइल रोक्ने प्रवृत्ति, गैर–कानुनी चलखेल, बजेट […]

सम्बन्धित शीर्षक