बरिष्ठ कलाकार निर्मोहीलाई १ लाख ६ हजार २ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण

  ।   २०८२ कार्तिक ९, आईतवार १७:३६

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बि.के. निर्मोहीलाई उपचार सहयोगार्थ १ लाख ६ हजार २ सय ११ रुपैया सहयोग हस्तान्तरण गरिएको छ ।

मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगार्थ बास नेपालद्वारा नेपालगन्जमा कार्तिक ४ गते सम्पन्न तिहारका रंगहरु (साँस्कृतिक कार्यक्रम) मार्फत संकलन भएको उक्त रकम आज उनको निवासमानै पुगेर हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक एबम् बरिष्ठ कलाकार कमल बिके निर्मोही उपचार सहयोगसमिति संयोजक नमस्कार शाहले कार्यक्रम र संकलित रकमको बारेमा जानकारी गराउनु भएको थियो ।

सहयोग रकमको चेक बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, समिति सदस्य नेपाल उद्योग बाणिज्य संघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतले निर्मोहीकी धर्मपत्नी हेरम देबि बिकलाई हस्तान्तरण गर्नु भएको थियो।

चेक हस्तान्तरण पश्चात बोल्दै बरिष्ट कलाकार निर्मोहीकी धर्मपत्नी बिकले बास नेपालले कार्यक्रम आयोजना गरि जुटाएको सहयोग पश्चात ठुलो आशा पलाएको बताउनु भयो । उहाँले सहयोग गर्ने र अगुवाइ गर्ने सबैलाई धन्यबाद ज्ञापन गरिन् । सो क्रममा बोल्दै समिति सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले सबैलाई अभियानमा सहभागी भइ सहयोग गर्न अपिल गर्दै निर्मोहीको सिघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग समितिका सदस्यहरु नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगर, बरिष्ठ कलाकार सुन्दर गुरुंग, जित बहादुर थापा, सञ्चारकर्मी शुक्रऋषि चौलागाईं, बास नेपालका केन्द्रीय सदस्य बसन्ती रोकाया लगायत पत्रकार र बास कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Next Post

जनार्दन कमरेडलाई खुला पत्र : “क्रान्ति बीचमै बाटो नबदल्नुहोस्”

२०८२ कार्तिक ९, आईतवार १७:३६
डा. डक्टप्रसाद धिताल आदरणीय जनार्दन कमरेड, हामीले तपाईँमाथि राखेको विश्वास साधारण छैन। त्यो विश्वास इतिहासको माटोमा, सहिदको रगतमा, घाइते र अपाङ्ग योद्धाको पीडामा र लाखौं कार्यकर्ताको समर्पणमा ढलिएको विश्वास हो। त्यो विश्वास केवल तपाईँको नामसँग होइन—तपाईँले बुझेको दर्शन, तपाईँले बोलेको सत्य र तपाईँले बोकेको वैचारिक पहिचानसँग गाँसिएको छ। तर यतिबेला […]