सरोकारवालाहरुलाई लैङ्गिक समानता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनसम्बन्धि प्रशिक्षण

  ।   २०८२ जेष्ठ ३०, शुक्रबार १३:०१

नेपालगन्ज । बर्दियाको राजापुर नगरपालिकाको आयोजना र बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

क्लबले सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो अभिमुखीकरण कार्यक्रम गरिएको जनाउँदै कार्यक्रममा वाश समिति सदस्यहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघका प्रतिनिधिहरू र बाल क्लबका सदस्यहरू सहित ४५ जनाको सहभागीता रहेको राजापुर नगरपालिकाले जनाएको छ ।कार्यक्रमको अध्यक्षता गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकला कुमारी चौधरीले विपद् जोखिम न्यूनीकरणमा सबैजना केन्द्रित हुनुपर्नेमा जोड दिंदै खानेपानी र सरसफाई तथा लैङ्गिक समानतालाई पनि बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद् फोकल पर्सन खुशीराम चौधरीले विद्यालयमा आउन सक्ने सम्भावित विपद् (जस्तै भूकम्प, बाढी) का सम्बन्धमा छलफल गराउँदै विद्यालय सुरक्षा योजना, आपतकालीन तयारी, विद्यालय सुधार योजनामा जोखिम न्यूनीकरणका उपायहरू समावेश गर्नेबारेमा जानकारी गराउनुभयो ।

उहाँले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न वातावरणमैत्री अभ्यास र हरित विद्यालयको प्रवद्र्धन गर्ने विषयमा पनि जानकारी दिंदै जलवायु सम्बन्धि शिक्षालाई पाठ्यक्रम र विद्यालय गतिविधिमा समावेश गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको उद्देश्य विद्यालयका नीतिहरू, पूर्वाधार र अभ्यासहरूमा लैङ्गिक समानताको प्रवद्र्धन, विद्यालयको निर्णय प्रक्रिया तथा गतिविधिमा छोरीहरू, लैङ्गिक अल्पसंख्यक समुदाय र पिछडिएका समूहहरूको सहभागिता बढाउने, लैङ्गिक विभेद घटाउने तथा सबै विद्यार्थीका लागि सुरक्षित वातावरण सुनिश्चित गर्ने रहेको जनाईएको थियो । अभिमुखिकरणमा विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ र वाश समितिको समावेशी, सुरक्षित र दिगो विद्यालय वातावरण निर्माणमा भूमिका विशेष हुनेमा समेत जोड दिइएको थियो ।

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन बाँके युनेस्को क्लबकी फील्ड सुपरभाइजर प्रमिशा थारूले गर्नुभएको थियो ।

Next Post

लैङ्गिक विभेद न्यूनीकरण गर्दै सबै विद्यार्थीहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्नुपर्नेमा जोड

२०८२ जेष्ठ ३०, शुक्रबार १३:०१
नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा सञ्चालन गरिएको सुरक्षा परियोजना अन्तर्गत खानेपानी, सरसफाइ तथा स्वच्छता, लैङ्गिक समानता, विपद् जोखिम व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।बाँके युनेस्को क्लब र मधुवन नगरपालिकाको संयुक्त आयोजना तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सो अभिमुखीकरण गरिएको हो । कार्यक्रममा वाश समितिका […]

सम्बन्धित शीर्षक