बैजनाथको बिपि मेमोरियलमा संयुक्त अनुगमन

  ।   २०८१ मंसिर ७, शुक्रबार ०८:०९

नेपालगन्ज । बालिका शिक्षा कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका वडा नम्बर ४ स्थित श्री बिपि मेमोरियल माबिमा पालिका स्तरीय अनुगमन आयोजना गरिएको छ ।

रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा संयुक्त अनुगमनको आयोजना गरिएको हो । बिद्यालयमा जलवायु न्याय क्लबमा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमनमा बोल्दै बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला राकायाले वालिका शिक्षा कार्यक्रमले बालिकाहरु र उनीहरुको परिवारका सदस्यहरुको ब्यवहारमा परिवर्तन गरेको बताउनु भयो । उहाले कार्यक्रम पश्चात बालिकाहरुको बोल्ने क्षमताको विकास हुनुकासाथै जलवायु सम्बन्धि सचेत र सजग भएको पाईएको बताउनु भयो। उहाले कार्यक्रमलाई गाउँपालिकाका सबै बिद्यालयमा सञ्चालन गर्न सकेमा सबै बिद्यार्थीहरुलाई फाईदा पुग्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विश्वराज ढकालले अनुगमनले बालिकाहरुको सिकाई मापन गर्ने भएकाले पालिकालाई नयाँ योजना बनाउन सहजता ल्याउने बताउनु भयो । बालिकाहरुमा आएको परिवर्तनले जलवायु कार्यक्रम उपलब्धी मुलक भएको देखिएको उहाको भनाई थियो । उहाले कार्यक्रममा गाउँपालिकाले गर्न सक्ने सहकार्यका लागि तयार रहेको बताउनु भयो । अनुगमनमा वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, शिक्षा, यूवा तथा खेलकुद शाखाका शोभा ढकाल, बातावरण शाखाका प्रतिक शाह, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गगन थारु, प्रधानाध्यापक रोम प्रसाद रेग्मी, रुम टु रिडका शिवराज आचार्य, निरोज कोइरालाको उपस्थिती रहेको थियो ।

संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका १३ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए । जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो ।
संयुक्त अनुगमन कार्यक्रमको सहजीकरण बालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले गर्नु भएको थियो । अनुगमनमा स्वागत बिद्यालयका प्रधानाध्यापक रोम प्रसाद रेग्मीले गर्नु भएको थियो । भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नु भएको थियो । वालिका शिक्षा कार्यक्रमको बारेमा जानकारी रुम टु रिडका सिनियर फिल्ड कार्यक्रम प्रबन्धक खड्ग बहादुर कुवरले गर्नु भएको थियो । बासका निर्वतमान अध्यक्ष रमेश सिटौलाले धन्यबाद ज्ञापन गरेको अनुगमन कार्यक्रमको समापन बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला राकायाले गर्नु भएको थियो । बालिका शिक्षा कार्यक्रम बाँकेको चार वटा पालिकाका १९ बिद्यालयहरुमा सञ्चालन हुँदै आएको छ ।

Next Post

गल्र्स टेक ओभर अभियान अन्तर्गत १४ बर्षीया कामना बनिन् कर्णाली प्रदेशको सामाजीक विकास मन्त्री

२०८१ मंसिर ७, शुक्रबार ०८:०९
नेपालगन्ज । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनःअन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा कालिकोटकी १४ वर्षीय कामनाले कर्णाली प्रदेश, सामाजीक विकास मन्त्रालयका मन्त्रीे घनश्याम भण्डारीको भूमिका निर्वाह गर्नु भएको छ । बालबालिकाको अधिकार प्रबर्धन, बालिका र किशोरीको समानता र सशक्तिकरणका लागि क्रियासिल संस्था प्लान इन्टरनेशनलले सञ्चालन गरेको गल्र्स […]