बाँके इसाई समाजको गोष्ठीमा अन्तरधार्मिक मंच

  ।   २०८१ बैशाख १९, बुधबार ०८:४५

नेपालगन्ज । बाँके इसाई समाजको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मंगलबार नेपालगन्जको स्नेहा होटलमा सुरु गरिएको गोष्ठीमा अन्तरधार्मिक मन्चको सहभागिता रहेको थियो ।

गोष्ठीमा बागेश्वरी मन्दिरका मुख्य पुजारी गुरु चन्दनाथाले नेपालगन्ज सद्भावको सहर भएको बताउनु भयो । नेपालगन्जमा सबै धर्मका धर्मावलम्बीहरु मिलेर बसेको हुनाले नै शान्तिको श्वास फेर्न सकेको चन्द नाथले बताउनु भयो । ´हामी धर्मगुरुहरु मिलेर बसेका छौ त्यसैले एक आर्काको सार्वजनिक कार्यक्रममा सहभागी हुन्छौं` पुजारी चन्दनाथको भनाइ थियो । गोष्ठीमा इसाई समाजका अध्यक्ष धनबहादुर पाण्डेले सबै धर्मगुरुहरुलाई स्वागत गर्नुभएको थियो । पास्टर पाण्डेले सबै धर्म मिलेर बसेको कारण बाँके शान्त रहेको स्वागत मन्तव्यका क्रममा बताउनु भयो । मुस्लिम धर्मगुरु मो. ज्याउल मुस्ताफा बुद्ध धर्म गुरु दिलकुमार लामा लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

गोष्ठीमा जनजागरण पार्टी नेपालका अध्यक्ष डाक्टर बि.पी. खनाल धर्म तथा आस्थाको स्वतन्त्रताको बिषयमा सहजीकरण गर्नु भएको थियो । नेपाल मानव अधिकार संगठका अध्यक्ष इन्द्र प्रसाद अर्यालले नेपालको संविधान र मानव अधिकारका बिषयमा सहजीकरण गर्नु भयो । ६० जना धर्म गुरुहरुलाई कानुनको बिषयमा अध्यक्ष अर्यालले प्रष्ट्याउनु भएको थियो । अध्यक्ष अर्यालले सहजीकरण गर्दै धार्मिक स्वतन्त्रताका चुनौतीको प्रष्ट पार्नु भयो । धार्मिक स्वतन्त्रताको बिषयमा सहभागी धर्मगुरुहारुले प्रश्न गर्नुभएको थियो ।

कार्यक्रमको संचालन र स्वागत बाँके इसाई समाजका सचिब पास्टर डम्बर बहादुर थापाले गर्नु भएको थियो ।

Next Post

नेपालगञ्जलाई डुबान मुक्त बनाउन नाला सफाई

२०८१ बैशाख १९, बुधबार ०८:४५
बाँके । नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस बर्ष पनि नाला सफाई थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु सफाई गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने गरिए पनि गत बर्षदेखि भने बर्खा अगाबै आमरुपमा सबै नाला सफाई […]