नेपालगन्ज । भारतबाट अबैध रुपमा ल्याएको ब्रोईलर कुखुरा बरामद भएको छ । राप्तिसोनारी गाउपालिका वडा नं. ४ को कुमाउ गाउँमा सो अबैध कुखुरा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलिले आइतबार करिव ६६ हजार बराबरको १ सय १० ब्रोइलर कुखुरा बेवारिसे अवस्थामा फेलापारी कानुनी प्रक्रिया पुरा गरी बरामद गरेर आवश्यक कारवाहीको लागि पसु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएको छ ।



