बाँकेको डुडुवामा बाल सुधार गृहमा थुनुवा बीच हानाहान एकको मृत्यु

  ।   २०८० आश्विन ५, शुक्रबार ०९:४५

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. ६, आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा थुनुवाका बीचमा आपसी झगडा र हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीका सुलभ केसी रहेको बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

गएराती थुनुवाका बीचमा झगडा हुँदा बाल सुधार गृहमा एक आपसमा हानाहान भएको बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिनुभएको छ ।

प्रजिअ आचार्यका अनुसार आपसी हानाहानमा ११ जना घाइते भएका थिए । घाइतेलाई उपचारका लागि राती नै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल अस्पताल नेपालगन्जमा पुर्‍याइएको थियो । उपचारका क्रममा एक जना थुनुवाको मृत्यु भएको हो । बाल सुधार गृहबाट कति थुनुवा भागे भन्ने यकिन हुन सकेको छैन । भागेका मध्ये २५ जना थुनुवालाई नियन्त्रणमा लिइएको प्रजिअ आचार्यले जानकारी दिनु भएको छ ।

बाल सुधार गृहमा २ सय ४५ जनाको आसपासमा थुनुवा रहेको जिल्ला कारागार बाँकेका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिनु भएको छ । जेलर शाहका अनुसार संविधान दिवसका अवसरमा असोज ३ गते त्यहाँबाट ७ जना थुनुवाले माफी पाएर रिहा भएका थिए । भित्र रहेका थुनुवालाई गणना गर्न नसकिदा कति भागे भन्ने यकिन हुन सकेको छैन । प्रहरीले अहिले पनि बाल सुधार गृहभित्र जाने र थुनुवाको अवस्था बुझ्ने प्रयासमै रहेको प्रजिअ आचार्यले बताउनु भएको छ ।

Next Post

अब संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै होः मन्त्री शर्मा

२०८० आश्विन ५, शुक्रबार ०९:४५
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभएको छ । यूनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले आयोजना गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिको विकासका […]

सम्बन्धित शीर्षक