कर्णाली करिडोरमा बाढी र पहिरोले क्षति गरेको सडकको मर्मत सुरु

  ।   २०७७ भाद्र २३, मंगलवार ०८:५३

बाजुरा । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरमा बाढी र पहिरोले क्षति गरेका ठाउँमा निर्माण कार्यदलले मर्मतको काम सुरु गरेको छ ।

सुर्खेतबाट कालीकोट, बाजुरा हुँदै हुम्ला जाने सडक कर्णाली करिडोर हो । पहिरोका कारण कालीकोट खण्डमा सबैभन्दा बढी क्षति गरेको छ । कालीकोटको सान्नीघाटमा एक सय १४ मिटर बढी सडकखण्ड बगेको छ । अहिले बाजुराको काब्रीसम्मको पहिरो पन्छाएर आंशिक रुपमा गाडी चलाउने निर्माण कार्यदलले जनाएको छ ।

आर्थिक वर्ष २०६५र६६ देखि ठेक्का प्रक्रियाबाट थालिएको करिडोर निर्माणको काममा आशालाग्दो प्रगति नभएपछि २०७१ चैतदेखि नेपाली सेनालाई जिम्मा दिएको थियो । नेपाली सेनाले करिडोर अन्तर्गत बाजुराको भू(भाग छिचोलेर हुम्लाको बालकुमारसम्म गाडी चल्न सुरु भएको छ ।

करिडोर अन्तर्गत हुम्लाको सदरमुकाम सिमीकोटसम्मको लम्बाइ १ सय ९६ किलोमिटरमा, ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । नेपाली सेनाले हुम्लाको सर्केगाडसम्म निर्माणको जिम्मा पाएको छ ।

एक सय २२ किलोमिटर सडकमा ट्रयाक खोलिएको छ । यसैबीच साँफे बगर(मार्तडी सडकखण्डमा सडक विभागले काम सुरु गरेको छ तर बेलिब्रिज बगाएको र धेरै ठाउँमा बाटो बिग्रेका कारण अझै समय लाग्ने साँफे बगर(मार्तडी सडक डिभिजन कार्यालयका इन्जिनियर दमन बिष्टले बताउनुभयो ।

साँफेबगर(मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दागर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ ।

यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । उज्यालो अनलाइन

Next Post

नेकपाको स्थायी कमिटी बैठक आउँदो शुक्रबार बस्ने

२०७७ भाद्र २३, मंगलवार ०८:५३
काठमाण्डौ । झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आउँदो शुक्रबार बस्ने भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको बैठकले २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

सम्बन्धित शीर्षक