वडा अध्यक्ष जुमनको दाबी ९० प्रतिशत काम सम्पन्न

बिकास निर्माणका कार्य सार्वजनिक गर्दै भावी कार्ययोजना बुदासहित

  ।   २०७७ भाद्र १९, शुक्रबार १०:०७

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वाड नं. ७ का अध्यक्ष जुमन खांले आफ्नो वडाले गरेका बिकास निर्माणका कार्यहरू सार्वजनिक गर्नु भएको छ । आर्थिक बर्ष ०७७/७८ मा सामेवेश भएका योजना समेत सार्वजनिक गर्दै अध्यक्ष खांले अबको डेढ बर्ष कार्यकालमा जनतालाइ खुशी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

वडा भित्र ९० प्रतिशत काम गरिसको अध्यक्ष खांले दाबी गर्नुभयो । बिपक्षीहरुले राजनीतिक प्रतिशोध साध्न कै लागि गलत प्रचार गरेको भन्दै उहाले यस्ता भ्रामक कुनै पनि कुरा गर्दा आफुलाइ फरक नपर्ने बताउनु भयो । नेकपाका नेता समेत रहनु भएका खांले सर्वसाधारणको घरदैलोमा दैनिक धाउने गरेको र सर्वसाधारणको गुनासो अनुसार काम गर्ने गरेको कुरा गुडन्युज खबर संग बताउनु भयो । खांले भन्नुभयो,” हिजो ह्विल चेयरमा कोरोना बिमा गराउन आउनु भएका एक अपांगलाई घरमै कोरोना बिमाको कागज पुर्‍याइ दिन्छु भने र साझ त्यो कागज घरमै पुर्‍याइदिए । यो मात्र होइन, यस्ता हजारौंको सेवा गरेको छु । ”

जनताको आवश्यकता अनुसार काम गरिदिएको अध्यक्ष खंको भनाइ छ भने नेपालगन्ज वडा नं. ७ भौतिक पूर्वधार विकासको दृष्टिकोणले राम्रो विकास भएको छ । ढक्कन सहितको नाला, पीसीसी सडक निर्माण जस्ता कार्य बजेट अनुसार निर्माण भएका छन् । उपमहानगरपालिकाले बनाएको मापदण्ड अनुसार लगभग साढे ४ सयलाई अध्यक्षले राहत वितरण गर्नुभयो भन्दै अध्यक्ष खांको एक सर्वसाधारणले तारिफ गरे ।
त्यस्तै वाडा नं ७ कै सर्वरअलि अन्सारी भन्छन्,” वडा अध्यक्षले राम्रो काम गर्नुभएको छ । बाटो बनाउनु भएको छ । नाला बनाउनु भएको छ । जनताको यताउता सिफारिस दिनेकाम गर्नुभएको छ । उहाले काम गर्नु भएन भनेर झुठो प्रचार नगर्दा हुन्छ । कोभिड १९ को बिषम परिस्थितिमा पनि जनातासँग प्रत्यक्ष जोडिएर काम गर्ने अध्यक्ष जुमन हो ।”

बिकास निर्माणका काम क्रमै संग गर्दै जाने अध्यक्ष खां बताउनु हुन्छ । अध्यक्षले गरेको कामको तारिफ गर्दै एक अर्का सर्वसाधारण नसिम हल्वाइले विमाको फारम भर्न देखि जनाताको घरघरमा जाने, नाली, सडक, बनाउने काममा अध्यक्ष खटिएका छन् । अब कालोपत्रे गर्न मात्रै बाँकी छ उनले भने। बर्षादको झरी संगै वडा ७ का केही घर डुवानमा परेर सास्ती पाएको समाचार बाहिरिए संगै अध्यक्ष खां भन्नुहुन्छ,” वाडाले पाएको बजेट अनुसार बिकास भएको छ, सबै ठाउमा एकैपटक गर्न सकिँदैन त्यसैले अबका डेढ बर्ष भित्र वडा भित्र गुनासो गर्ने ठाउँ दिन्न ।”

वडा नं. ७ भित्र कहाँ के कस्ता काम भए ? बुदा गत रुपमा

१) महेन्द्र स्कुल देखि पुर्व खयाली पेन्टरको घरसम्म पिसीसी सडक र ढक्कन सहित दुबै तर्फ नाला निर्माण भयो ।
२) मुवारकको घर देखि पश्चिम श्याम श्रेष्ठको घर पछाडिसम्म पिसीसी सडक र एकतर्फी नाला निर्माण भएको छ ।
३) सरिफ बेहनाको घर देखि उत्तर सहाबुद्धिन बेहनाको घरसम्म ढक्कन सहित नाला निर्माण भएको छ ।
४) बब्लु खांको घर देखि दक्षिण हनुमान डंगोलको घरसम्म पिसीसी सडक र एकतर्फी नाला निर्माण भएको छ ।
५) कैफुलबाराको घर देखि पश्चिम नफिल मास्टरको घरसम्म पिसीसी सडक र ढक्कन सहित एकतर्फी नाला निर्माण भएको छ ।
६) सब्बिर हल्वाइको घर देखि पश्चिम कलिम हल्वाइको घरसम्म पिसीसी सडक र ढक्कन सहित एकतर्फी नाला निर्माण भएको छ ।
७) ओम प्रकाशको घर देखि पश्चिम मन्जु नेपालीको घरसम्म ढक्कन सहितको नाला निर्माण भएको छ ।
८) सेरेश भट्टको घर देखि पश्चिम शिव मन्दिरसम्म पिसीसी सडक निर्माण भएको छ ।
९) जडिबुटी संघको लक्ष्मण क्लब देखि पश्चिम आशा वाल्मीकिको घर अगाडि मुबारक बिर्यानीसम्म पिसीसी सडक र ढक्क सहितको नाला निर्माण भएको छ ।
१०) याकुब हल्वाइ सबानको घर देखि दक्षिण प्रशान्त श्रेष्ठको घर पछाडिसम्म ढक्कन सहित नाला निर्माण भएको छ ।
११) कैयुम हल्वाइको घर देखि दक्षिण अशोक केसीको घरसम्म पिसीसी सडक र शरदचन्द्र श्रेष्ठको घर देखि ज्ञानराज शर्माको घरसम्म पिसीसी सडक निर्माण भएको छ ।
१२) उषा श्रेष्ठको घर देखि उत्तर किशोरमान पतिको घरसम्म ढक्कन सहित नाला निर्माण भएको छ ।
१३) वडा कार्यालय र सडक विभागको समन्वयमा याकुव अन्सारीको घर सामुन्ने देखि अकबर हलवाइको घर देखि पश्चिम अकबर अन्सारीको घरसम्म पिसीसी सडक निर्माण र नाला मर्मत कार्य भएको छ ।
१४) कलिम दर्जी र फरजन कसगरको घर पछाडि देखि पश्चिम आशा वाल्मीकिको घरसम्म ढक्कन सहित नाला निर्माण भएको छ ।
१५) कोभिड १९ को महामारीमा ४ सय ५० परिवारलाई राहत वितरण गरेको छ ।
१६) शिक्षा, स्वास्थ्य र रोजगार सृजना गरेको छ ।

आर्थिक बर्ष ०७७/७८ मा वडाले के कस्ता योजना समाबेश गरेको छ त ? बुदागत रुपमा

१) पिपल चौतारा देखि पश्चिम जाने फिरोज हल्वाइको घरसम्म ६ मिटर चौडाइ मापदण्ड भएको दुबै तर्फ ढक्कन सहित नाला भएको पिसीसी सडक निर्माण गर्ने ।
२) युसुफ खांको घर देखि पश्चिम लक्ष्मी श्रेष्ठको घरसम्म पिसीसी सडक र ढक्कन सहित एकतर्फी नाला निर्माण गर्ने
३) जिलानी हाता भित्रको ललिफ कबडियाको घर देखि दक्षिण एमपी स्कुल जाने मुख्य सडकसम्म ग्राभेल बाटो र नाला निर्माण गर्ने
४) अग्नि दान र दुर्गा पुजा राख्ने ठाउँमा टिनको छाना राख्ने योजना रहेको
५) वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण गर्ने

Next Post

बाँकेका २० जनाले कोरोन जिते

२०७७ भाद्र १९, शुक्रबार १०:०७
बाँके । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट २० जना संक्रमितहरुले कोरोनालाइ जितेर घर जाँदै छन् । घर जानेहरु मध्य ५ महिला र १५ पुरुष भएको फोकल पर्शन नरेश श्रेष्ठले बताउनु भयो । फोकल पर्शन श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार २० जना घर जाने भए संगै जम्मा डिस्चार्ज हुनेहरुको संख्या ८ सय […]

सम्बन्धित शीर्षक