माओवादी केन्द्र बाँकेको तेस्रो बैठकका निर्णय

  ।   २०७९ भाद्र १५, बुधबार २२:१८


नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको तेस्रो पुर्ण बैठक होटल ग्यालेक्सीमा सम्पन्न भएको छ । बुधबार भएको सो बैठकले नेकपा माओवादी केन्द्र बाँके जिल्ला समितिले एक महिने संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान  संचालन गर्ने निर्णय गरेको छ । बैठकले मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचन लक्षित कार्यक्षेत्र ताेकि जिम्मेवारी प्रदान गरेको छ ।

बैठकमा प्रत्येक पालिका प्रमुख एवम प्रतिनिधिबाट लिखित रिपोर्टिङ भएकाे थियोे । जिल्ला पार्टीकाे संगठानिक अवस्थाका साथै पालिका पार्टीको संगठानिक अवस्थाको बारेमा रिपोर्टिङ आठ वटै  पालिका अध्यक्षले गरेका थिए भने प्रदेश पार्टीकाे सर्कुलर  सचिव डिल्ली बरालले पढेर सुनाउनु भयो । बैठक सफलता साथ सम्पन्न भएको जानकारी जिल्ला अध्यक्ष तुफानले दिनुभयो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयाेजक तथा खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिक ( तुफान ) काे अध्यक्षता बसेको बैठकमा प्रमुख अथिति नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदीले गर्नुभएको थियो । बैठक  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य  युवा तथा खेलकुदमन्त्री   महेश्वर गहतराज (अथक), केन्द्रीय अनुशासन आयाेगका सचिव  असाेक राेकाय, केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अन्जना चाैधरी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसद आइपि खरेल , केन्द्रीय सदस्य अतर हुसेन फारुकी, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य कृष्ण केसी (नमुना)  लुम्बिनी प्रदेश संसद उषा पुन, केन्द्रीय सदस्य नरेन्द्र न्याैपाने, नेकपा माओवादी केन्द्र  लुम्बिनी प्रदेस समिति सह-सचिव अकल बहादुर बम, बाँके जिल्ला समन्वय समितिका सचिव डिल्ली प्रसाद बराल, लुम्बिनी प्रदेस सदस्य नवीन शर्मा लगायत बाँके जिल्ला समन्वय समिति सदस्य , बाँकेका ८ वटै पालिका अध्यक्ष , उपाध्यक्ष, सचिवकाे उपस्थिति रहेकाे थियो ।

Next Post

नरैनापुरका सबै वडामा डिप बोरिङ जडान गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

२०७९ भाद्र १५, बुधबार २२:१८
बाँके । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले नरैनापुर गाउपालिकाका ६ वटै वाडामा डिप बोरिङ जडान गर्ने प्रतिबद्धता गर्नु भएको छ । नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान नरैनापुरका अध्यक्ष स्तियाक अहमद साहसंगको भेटघाटमा सो प्रतिबद्धता जनाउनु भएको हो । नरैनापुरमा लामो समय सम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली  […]

सम्बन्धित शीर्षक