नेपालगन्ज । हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा महिलाहरुले विभिन्न तरिकाले तीज मनाइरहेका छन् । नेपालगन्जका विभिन्न होटल, कटेज र पार्टीप्यालेसमा तामझामका साथ नाच्दै, दर खाँदै दिदीबहिनीहरुले मनाउने तीजले विकृतिको रुपलिदै गएको जान्नेमान्नेहरु बताउँछन् । सनिवार नै नेपालगन्जका दुई होटलमा दुई पार्टीका महिलाहरुले तीज मनाए । सि एस टी होटलमा नेकपा एमालेका महिलाहरुले तीज मनाउदै थिए भने उता द्रव्यकुटिर होटलमा नेकपा माओवादी केन्द्रको भात्री संगठन नेपालगन्ज उपमहानगर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले मनाउदै थियो । तर तीज मनाउने शैली भने दुवैका फरक फरक थिए ।

एमाले महिलाहरु सिएसटी होटलमा एमाले केन्द्रिय सदस्य तथा लोक गाइका कमल ओलीका साथ नाच्दै थिए । नाचको होडबाजी नै चलेको थियो । गाइका ओलीसंग नाचेको फोटो, सेल्फी लिनेको होडबाजी उत्तिकै थियो भने उता माओवादी केन्द्रका महिलाहरूले रक्तदान गरेर तीज मनाउदै गरेका थिए । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सह सचिव अकल बहादुर बम र जिल्ला संयोजक तथा खजुरा गाउपालिका अध्यक्ष डम्बर बिक (तुफान) द्वारा रक्तदान गरेर उद्घाटन भएको रक्तदान कार्यक्रममा ४२ जना नेता कार्यकर्ताहरुले रगत दान गरेर हरितालिका तीज मनाएका छन् ।

पार्टी प्यालेसमा तीज मनाएर समाजलाई विकृतिको भड्खालोमा लाने अगुवाइ गर्नु भन्दा नमुना पेस गरेर महिला दिदीबहिनीले समाजलाई सहिमार्गमा डोर्याउनु पर्छ भन्ने मुल ध्ययका साथ यो कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज अनेम संघका अध्यक्ष डागीले बताउनु भयो । उहाले भन्नुभयो, ´ रगत दान जीवन दान हो, त्यसैले पनि हामी दिदीबहिनीहरुले नमुना पेस गरेका हौं ।` ´रगत अभाव भएको बेला महिला दिदीबहिनीहरुले आयोजना गरेको रक्तदान कार्यक्रमले एक नमुना पेस गरेको छ`, प्रादेशिक रक्त संचार केन्द्र नेपालगञ्जको प्राबिधिकहरुले बताएका छन् । कतै दर खाने र नाच्ने त कतै रक्त दान जीवन दान गरेर अभावमा रगत संकलन गर्ने गरि प्रस्तुत हुने, आफैमा रोचक बिषय छैन र ! भन्दै नेकपा माओवादी केन्द्रको भात्री संगठन अनेम संघ क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्वसाधारणले बताए ।

नेपालगन्ज अनेम संघका अध्यक्ष मीना डागीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अनेम संघ क्रान्तिकारीका केन्द्रिय सदस्य अन्जना थारुले गर्नु भएको थियो । त्यस्तै विशेष अतिथिमा केन्द्रिय सदस्य अतहर हुसेन फारुकी, लुम्बिनी प्रदेश सहसचिव अकल बहादुर बम, जिल्ला संयोजक डम्बर बिक (तुफान) प्रदेश सदस्य तथा जिल्ला सचिव डिल्ली बराल, प्रदेश सदस्य तथा नगर इन्चार्ज नवीन शर्मा र महिला नगर इन्चार्ज मन्दिरा पाण्डे, जिल्ला सदस्य जया खड्का, मिना पुन मल्ल लगायतको उपस्थिति रहेको सचिव इश्वरी रावतले जानकारी दिनु भयो । फोटो ग्यालरी
@



