अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

  ।   २०७७ मंसिर १६, मंगलवार ०६:५३

काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ ।

नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो ।

समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो ।

समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गर्नुभयो । – नेपाल टेलिभिजन

Next Post

सजगता अपनाएर मात्रै लगानी गर्नुस्ः धितोपत्र बोर्ड

२०७७ मंसिर १६, मंगलवार ०६:५३
काठमाडौं । पछिल्ला दिनमा शेयर बजारमा नेप्से लगातार उकालो लागेपछि नियमक निकाय नेपाल धितोपत्र बोर्डले सजगता अपनाएर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्थाको विश्लेषण […]