नेपालगन्ज – ९, १० र १३ वडामा खुले भरोसाका ढोका, दिपेन्द्र बिष्टद्वारा सम्पर्क कार्यालय उद्घाटन

  ।   २०८२ माघ २५, आईतवार १८:४२

सबिता चन्द

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९, १० र १३ मा निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ। एकै दिन फरक–फरक वडामा सम्पन्न यी उद्घाटन कार्यक्रमले यस क्षेत्रको चुनावी माहोललाई थप तातो र उत्साहपूर्ण बनाएको छ।

स्थानीय जनताको उल्लेखनीय उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अकल बहादुर बम, पार्टी नेता डिल्ली बराल, समानुपातिक सांसद पदका उम्मेदवार कालिमिया कस्मिरा र जामिया खातुनलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रमस्थलमा देखिएको उत्साह र भीडले बाँके–२ मा चुनावी बहस र सहभागिता कति गहिरिँदै गएको छ भन्ने स्पष्ट संकेत दिएको थियो।सम्पर्क कार्यालय उद्घाटनपछि उम्मेदवार बिष्टले यी कार्यालयहरू केवल प्रचारका लागि मात्र नभई जनताको आवाज सुन्ने र समाधान खोज्ने साझा थलो हुने बताउनुभयो। उहाँले भन्नुभयो, “जनताको घरदैलोमा पुगेर समस्या सुन्ने र समाधानका लागि पहल गर्ने मेरो अभियान यहीँबाट अझ प्रभावकारी हुनेछ।” सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत मुद्दा आफ्नो प्राथमिकतामा रहने उहाँको भनाइ थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य अकल बहादुर बमले युवा नेतृत्वलाई अघि बढाउने समय आएको उल्लेख गर्दै दिपेन्द्र बिष्ट जस्ता कर्मशील र जनमुखी उम्मेदवारले बाँके–२ को भविष्य बदल्न सक्ने धारणा राख्नुभयो। नेता डिल्ली बरालले पनि जनतासँग प्रत्यक्ष संवाद गर्ने शैलीले बिष्टलाई अन्य उम्मेदवारभन्दा फरक बनाएको टिप्पणी गर्नुभयो।समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जामिया खातुनले महिला, युवा र सीमान्तकृत समुदायको आवाज संसदसम्म पुर्‍याउन यस्तो सम्पर्क कार्यालय महत्वपूर्ण हुने बताउँदै जनताको भरोसालाई कामबाट प्रमाणित गर्नुपर्नेमा जोड दिए।

स्थानीय बासिन्दाहरूले सम्पर्क कार्यालय खुलेसँगै आफ्ना समस्या राख्न सहज भएको प्रतिक्रिया दिएका छन्। “अब हाम्रो कुरा सुन्ने ठाउँ खुलेको छ,” एक स्थानीयले भने, “यही संवादले परिवर्तनको आधार बनोस् भन्ने चाहना छ।”नेपालगन्ज – ९, १० र १३ मा खुलेका यी सम्पर्क कार्यालयले बाँके क्षेत्र नं. २ मा चुनावलाई केवल मतदानसम्म सीमित नराखी निरन्तर संवाद र सहभागिताको प्रक्रियामा रूपान्तरण गर्ने अपेक्षा बढाएको छ। बढ्दो जनसहभागिता र सक्रियताले उम्मेदवार दिपेन्द्र बिष्टप्रति भरोसा र आकर्षण अझ बलियो बन्दै गएको स्थानीयहरूको बुझाइ छ।

Next Post

बाँके–२ ले खोजिरहेको नेतृत्व: किन दिपेन्द्र बिष्ट नै जनताको रोजाइ बन्दैछन् ?

२०८२ माघ २५, आईतवार १८:४२
सबिता चन्द नेपालगन्ज । निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ का मतदाताको मनमा एउटै प्रश्न घुमिरहेछ—“यसपटक कसलाई भोट दिने ?” यो प्रश्नको उत्तर खोज्दा धेरैको नजर एउटै नाममा अडिन थालेको छ—दिपेन्द्र बिष्ट। प्रश्न उठ्छ, किन दिपेन्द्र बिष्टलाई नै मत दिने? पहिलो कारण, उहाँको कामले बोलेको जीवनयात्रा हो। दिपेन्द्र बिष्ट […]