अबैध लागु औषध ब्राउन्सुगर सहित ४ जना पक्राउ

  ।   २०८० मंसिर २०, बुधबार १३:४३

बर्दिया । बर्दियाको बढैयातालबाट ४ जना लाई अवैध लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ। मंगलबार बढैयाताल गाउँपालिका ७ बाट एक जना र वडा नम्बर २ फुटाहाबाट ३ जना गरि ४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

अवैध लागुऔषध ब्राउनसुगर २४ ग्राम ९० मिलिग्राम साथमा लिएका कोहलपुर नगरपालिका १५ का निरज कुमार थारु, बढैयातल गाउँपालिका-१ ठूलो डाफेका रवी रसाईली समेत ३ जना लाई पक्राउ गरि आवश्यक अनुसन्धानका लागि अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यलय बर्दिया र इलाका प्रहरी कार्यलय मैनापोखरबाट खटिएको प्रहरी टोलिले २२ ग्राम ५ सय ६० मिलिग्राम सो पदार्थ सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अवैध लागुऔषध ब्राउनसुगर र भे ३ प २६९६ नम्बर को मोटरसाइकल र प्रदेश २-०३-०१५ प ००९४ नम्बरको स्कुटरमा सवार उनिहरुलाई प्रहरीले पक्राउ गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रहरी चौकी जमुनाहबाट खटिएको प्रहरीले १ ग्राम ५ सय ३० मिलि ग्राम सहित पक्राउ गरेको छ। भनै सबै अवैध लागु औषधको जोड २४ ग्राम ५ सय ६० मिलिग्राम भएको छ ।

Next Post

महिला उद्यमीद्वारा उत्पादित रैथाने बस्तुको हाटबजार

२०८० मंसिर २०, बुधबार १३:४३
बाँके। नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन हुनेभएको छ । नेपालगन्जबाट कोक्रोमाको उत्पादन बजारीकरण र विक्रीवितरण गर्दैआएको नाना चाचाले नेपालगन्जमा प्रत्येक शनिबार रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन गर्न लागेको महिला उद्यमी तथा नाना चाचाका […]

सम्बन्धित समाचार