रिजालको अध्यक्षतामा ९ सदस्यीय प्रेस चौतारी कोहलपुर गठन

  ।   २०८० आश्विन २८, आईतवार १९:२६

कोहलपुर । प्रेस चौतारी बाँकेले कोहलपुर नगरपालिकामा नगर स्तरीय प्रेस चौतारी गठन गरेको छ । आईतवार कोहलपुरमा आयोजित नेकपा एमालेको आस्थावान संगठनका रुपमा रहेको प्रेस चौतारी बाँकेले कोहलपुरमा प्रथम भेला तथा अधिबेशनको आयोजना गर्दै पत्रकार प्रमोद रिजालको अध्यक्षतामा ९ सदस्य रहेको नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिबेशनले उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु थापा, सचिवमा रवि रोकाय, सह सचिवमा विजय परियार, कोषाध्यक्षमा सजन कुमार आरसी र सदस्यहरुमा देवी सुनार, क्षितिज मगर र टार्जन वलीलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले जानकारी दिनुभयो ।

नगर स्तरीय भेला तथा प्रथम अधिबेशनको उदघाटन शत्रमा प्रमुख अतिथी एबं नेकपा एमालेका केन्द्रिय सदस्य बाँके क्षेत्र नं. १ का माननीय सांसद सुर्य प्रसाद ढकालले चौतारीलाई सजग भएर कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रममा बिशिष्ट अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा कोहलपुर नगर कमिटी ईन्चार्ज मोहम्मद हारुनले चौतारी संबद्ध पत्रकारहरुलाई रचनात्मक कार्यमा लाग्न आग्रह गर्नुभयो  ।

प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराईले स्वागत मन्तब्य  राख्नु भएको थियो । यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य गोपाल गिरी, प्रेस चौतारीका पुर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्मा, कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, प्रेस चौतारीका नेताहरु भेषराज वस्नेत, डिल प्रकाश गौतम, हेमन्त वि.क., नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकाल, प्रेस सेन्टर कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमाल लगायत अतिथीहरुले चौतारीको प्रथम अधिबेशनको सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षमा आयोजित कार्यक्रमको सञ्चालन सचिव कमल डाँगिले गर्नु भएको थियो भने कार्यक्रममा कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकार जिल्ला स्थित विभिन्न पत्रकारका नेता नेकपा एमाले सम्बद्ध नेताहरुको सहभागिता रहेको थियो ।

Next Post

नौबस्ता क्षेत्रीय कारागारमा बालबन्दी राख्न सुरु

२०८० आश्विन २८, आईतवार १९:२६
नेपालगन्ज । देशका विभिन्न बाल सुधारगृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको छ । विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष नाघेका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि उनीहरूलाई नौबस्तास्थित क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको हो […]

सम्बन्धित समाचार