जनमत पार्टीकी अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

  ।   २०८० श्रावण २९, सोमबार १४:०१

संवाददाता ।

जनमत पार्टीकी अनिता देवी साह प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको छ । साहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

भविष्यमा सांसद वा मन्त्री बनिएला भन्ने कल्पना समेत नगरेको बताउने उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा पुग्नुभएको छ । उहाँलाई मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउनुभएको थियो ।

उहाँलाई पूर्वमन्त्री मोदीले मन्त्रालयमा स्वागत गर्नुभएको छ । तीन-चार वर्षदेखि सक्रिय राजनीतिमा लाग्नुभएका अनितादेवीलाई अहिले कल्पना पनि नगरेको जिम्मेवारी आइलागेको छ ।

अनलाइन खबरबाट

Next Post

प्रकाशन तथा प्रसारण संघले बुटवलमा मिडिया सम्मेलन गर्दै

२०८० श्रावण २९, सोमबार १४:०१
नेपालगन्ज । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चार माध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागी हुने गरी भदौ १ गते सम्मेलन गर्न लागिएको हो । […]