मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को

४० जना माओवादीमा प्रवेश

  ।   २०७९ आश्विन ५, बुधबार २०:४५

नेपालगन्ज । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को वडाध्यक्षमा झिनोमतले पराजित प्रमोद चौधरी, वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवार सिभिल चौधरीसहित ४० भन्दा बढी एमाले, काँग्रेस तथा स्वतन्त्र व्यक्तिहरु बुधबार काठमाडौंस्थित प्रचण्ड निवास खुमलटार पुगेर माओवादीमा प्रवेश गरेका हुन् ।

‘लामो समय हामी एमालेमा रहि रगत पसीना बगायौं । तर, एमालेले हमीलाई चिन्न सकेन र राजनीतिक रूपमा पनि स्खलित हुँदै गयो,’ वडा नम्बर ५ का वडाध्यक्षका उम्मेद्वार सिभिल चौधरीले भन्नु भयो, ‘त्यसैले अबको मुलुकको नेतृत्व प्रचण्ड बाहेकका नेताबाट सम्भव छैन भन्ने हाम्रो निष्कर्ष हो ।’

माओवादीमा प्रवेश गर्नेहरुमा एमाले कार्यकर्ताहरु लक्ष्ना माझी, इन्द्रनारायण माझी, सिभना माझी, दिनेशकुमार चौधरी, बन्डु माझी, दुखाराम चौधरी, जनकवनि चौधरी, रीता ल्वागुन, भोजतीदेवी, कौशीला माझी र सरिता चौधरी लगायत छन् । यस्तै नेपाली काँग्रेसबाट विनय राय, जयप्रकाश चौधरी, विनयकुमार रायलगायत छन् भने बतेस राजवंशी, विरचरण चौधरी, अनुरुद्ध माझी लगायतका स्वतन्त्र समाजसेवी पनि माओवादीमा प्रवेश गरेको माओवादी केन्द्र बुढीगंगाका इन्चार्ज इश्वरी आचार्यले जानकारी दिनुभयो ।

यसअघि प्रवेश गरेका बलभद्र सरदार थारु एमालेका मोरङका जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्थ्यो् । उहाँ सहित त्यसबेला वडा नम्बर ३ का अध्यक्षका उम्मेद्वार अमीर भगत, वडा नम्बर ७ का एमालेका वडाध्यक्ष किरण सरदार र स्थानीय युवा नेता आशाराम सरदारलगायत माओवादीमा प्रवेश गर्नु भएको थियो ।

बलभद्र सरदार तत्कालिन टंकीसिनवरी गाविसको अध्यक्ष हुनुहुन्छ् । उहाँ गत स्थानीय तहको निर्बाचनमा झिनो मतले गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जितु थापासँग पराजित हुनुभएको थियो । सरदार एमाले ६ नम्बर क्षेत्रीय कमिटीको पनि इन्चार्ज हुनुहुन्थो ।

Next Post

कानूनमा नि:शुल्क, सहयोगको नाममा शूल्क

२०७९ आश्विन ५, बुधबार २०:४५
काठमाडौं । संविधान र कानूनले विद्यालय तहको शिक्षा नि:शुल्क हुने व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । संविधानले नै आधारभूत तहका शिक्षा नि:शुल्क र अनिवार्य तथा माध्यमिक तहको शिक्षा नि:शुल्क हुने सुनिश्चित गरेको छ । तर, हालसम्म यसको कार्यान्वयन नभएको र नि:शुल्क शिक्षा व्यवहारमा भ्रममात्र सावित भएकोमा […]

सम्बन्धित समाचार