बाँकेका ५० वाडमा माओवादी केन्द्रले गर्‍यो वाड अधिवेशन

  ।   २०८१ असार १, शुक्रबार २१:५६

सबिता चन्द
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० बाँकेले जिल्लाका ५० वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । पार्टी केन्द्रको सर्कुलर अनुसार सो अधिवेशन सम्पन्न भएको हो । 

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक नरेन्द्र प्रसाद पाण्डे ९जेम्स० का अनुसार पार्टीको स्प्रीट अनुसार वडा सम्मेलन भएको बताउनु भयो । संयोजक जेम्सले भन्नुभयो,झ हामी पार्टीका सिपाही हौं, पार्टीको निर्देशन अनुसार धमाधम वडा अधिवेशन गरे नेतृत्व समेत चयन गरिएको छ ।ञ कुनै पनि वडामा बिना विवाद अधिवेशन हुँदै गएको र बाँकि रहेका वडा पनि छिटै अधिवेशन सम्पन्न गरेर नेतृत्व चयन गर्ने संयोजक जेम्सले बताउनु भयो । बाँके जिल्ला इन्चार्ज पुर्ण सुवेदी लगायत केन्द्र, प्रदेश, जिल्ला र पालिकाका नेताहरूलाई भ्याइनभ्याई भएको जिल्ला समन्वय समिति सचिव डिल्ली बराल ९अमिर० ले बताउनु भयो ।  बाँके जिल्लाका ५० वटा वाडामा वाड अधिवेशन भएपछि वाड, गाउँ र टोलमा पार्टी भित्र रक्तसञ्चार भएको ठम्याइ पार्टीका नेताहरूले गर्नु भएको छ । अहिले सम्म भएका वडा सम्मेल मध्य राप्तिसोनारी गाउपालिका ९ वाड, नरैनापुर गाउपालिका ६ वाड, बैजनाथ गाउपालिका ९ वाड, खजुरा गाउपालिका ८ वाड, कोहलपुर नगरपालिका ८ वाड, जानकी गाउपालिका ४ वाड, डुडुवा गाउपालिका १ र नेपालगन्ज उपमहानगरपालिकाका ५ वाडमा अधिवेशन गरेर नयाँ नेतृत्व समेत चयन भैसकेको छ । सबै वाड जोड्दा अहिलेसम्म ५० वाडमा अधिवेशन गरेर अब्बल नेतृत्व चयन भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले जनाएको छ । यसरी पार्टीमा रक्तसञ्चार भएपछि स्वतस्फूर्त तरिकाले पार्टी प्रतिको जनलहर बढेको बताइन्छ ।     

Next Post

गुलरियाका किशोरीहरुका लागि बिशेषज्ञ स्वास्थ्य शिविर संचालन

२०८१ असार १, शुक्रबार २१:५६
नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका–१०, रत्नापुरमा १० देखि २४ वर्षीया किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गरेर सम्पन्न गरिएको छ । क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा गुलरिया नगरपालिका स्वास्थ्य शाखा र बाँके युनेस्को क्लबको संयुक्त आयोजनामा […]

सम्बन्धित शीर्षक